• मोरङ । बिबिएसको फाइनल परीक्षा (चौथो बर्ष)मा नेपालकै सबैभन्दा बढी अंक ल्याएर उतिर्ण भएकी विद्यार्थी बिना घिमिरेलाई मोरङको पथरी बहुमुखी क्याम्पसले नगदसहित सम्मन गरेको छ । 

    पथरी बहुमुखी क्याम्पसमा अध्ययन गरेका छात्रा बिनिता घिमिरेले बिबिएस चौथो बर्षको परीक्षामा ८५.८ प्रतिशत अंक ल्याएर पास गरेकी हुन । यो अंक नेपालकै सबैभन्दा बढी भएको क्याम्पस प्रमुख शान्तिराम तिम्सिनाले बताए । परीक्षा बोर्डले औपचारिक रुपमा रेकर्ड दिन नमिलेपनि अध्ययन गर्दा बिनिताले ल्याएभन्दा बढी अंक अन्य कसैले नल्याएको क्याम्पसको दाबी छ । बिनासँगै रजिना राजवंशीले ८२.४ र रिङ राईले ८१.२ प्रतिशत अंक ल्याएर बिबिएस उतिर्ण गरेका छन् । उतिर्ण सबै विद्यार्थीलाई खादा र टिका लगाएर बधाई दिइएको छन् । बिबिएस परीक्षामा नेपालमै सबैभन्दा बढी अंक ल्याएर पास गर्ने छात्रा बिनालाई बुधबार बधाई तथा शुभकामना कार्यक्रम आयोजना गरेर क्याम्पस, प्रध्यापक÷कर्मचारी र स्ववियुले नगदसहित सम्मान गरेको हो ।
    क्याम्पसका प्रध्यापक÷कर्मचारीको तर्फबाट ३०, क्याम्पसबाट २० गरी ५० हजार नगद र स्ववियुसहितले तीन वटा सम्मान पत्र प्रदान गरेका थिए । 

    क्याम्पस प्रमुख शान्तिराम तिम्सिनाको सभापतित्वमा भएको बधाई तथा शुभकामना कार्यक्रममा क्याम्पस सञ्चालक समिति सदस्य उमानाथ अधिकारी, पूर्ब क्याम्पस प्रमुख चेतन पौडेल, प्रध्यापक संघ क्याम्पस समितिको अध्यक्ष उपेन्द्र बस्नेत, बिभागीय प्रमुखहरु, स्ववियु सभापति केशर राई लगायतले शुभकामना मन्तव्य राखेका थिए । कार्यक्रममा बिनाको बुवा टंकप्रसाद घिमिरेको पनि उपस्थिति रहेको थियो । 
    २०६४ सालमा स्थापित भएको पथरी बहुमुखी क्याम्पसमा व्यवस्थापन, शिक्षा, मानविकीमा स्नातक र व्यवस्थापन, शिक्षा संकायमा स्नातकोत्तरसम्म अध्यापन हुँदै आएको छ । क्याम्पस क्यूएए प्रमाणित गर्न प्रकृयामा अघि बढेको छ । उच्च अंक ल्याउने विद्यार्थीहरु कक्षा ११, १२ पथरीको पञ्चायत मावि अध्ययन गरेको भीम न्यौपानेले बताए । 


     

सम्वन्धित समाचार

मोरङ । मोरङको पथरीमा सुशिला कन्दङ्वा मेमोरियल पथरीशनिश्चरे चेस (बुद्धिचाल) च्याम्पियनसिप २०८२ सुरु भएको छ…

मोरङ । मोरङको पथरीमा जारी अन्तर्राष्ट्रिय आमन्त्रण दोस्रो पथरीशनिश्चरे गोल्डकप—२०८२ को उपाधिको लागि आय…

मोरङ । मोरङको पथरीशनिश्चरे नगरपाकिाल १ स्थित कन्तुर बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडको २४ औं वार्षिक सा…

मोरङ । लेखक, संकलक तथा खोजकर्ता दीपेन्द्रराज तिम्सिनाको १४ ओै पुस्तक ‘नेपालको बैङ्किङ इतिहास’…