• चिठी तिम्लाई लेखौ भन्छु मनको कुरा मनमै रहयो..
    नयाँ पुस्ताका संगीत प्रेमी समुदायका लागि यो गीत नौलो लाग्न सक्छ । तर, २०५० वरिपरी सर्बाधिक मनपराइएको यो गीतका गायक हुन शम्भु राई । ‘चलेछ बतास सुस्तरी मनै सरर..., यी गीतहरु नेपाल र नेपाली रहेका गाउँपाखा र मनमा नगुन्जिएको ठाउँ थिएन सायद त्यो बेला ।
    अहिले पनि गायिका मेलिना राईसँगको ‘ओ साइला, ओ साइली...., ‘थुन्चेको भारी बिसाउदै.., उत्तिकै चर्चित छन शम्भु राईको गीतहरु । 
    यस्तै यस्तै चर्चित गीतका गायक नयाँ, पुराना दर्शक÷श्रोतालाई मनोरञ्जन दिन गायक तथा सगीतकार शम्भु राई पथरी आउने भएका छन् । 
    धनराज (अमिर) राईको नेतृत्वमा पथरीमा केही बर्ष अधिदेखि ‘सिम्रिक दीपावली साझ’ हुँदै आएको छ । यो बर्ष पनि पथरीको रत्न चोकमा काग तिहारको दिन (कात्तिक २५ गते, शनिबार) ‘यामाहा सिम्रिक दीपावली साँझ २०८०’को आयोजना हुने भएको छ ।
    सोही कार्यक्रममा सदाबहार गायक शम्भु राईलाई गेष्ट गायनको रुपमा प्रस्तुति दिन बोलाइएको कार्यक्रम संयोजक अमिर राईले बताए । 
    पुराना पुस्ताकी चर्चित गायिका उषाकिरण अधिकारीदेखि नयाँ पुस्ताकी मेलिना राईसम्म उत्तिकै गीत गाउँदे आएका गायक राईको ‘खोली तरेर, मायालु गै गो..., ‘ओ साइली..., ‘भातै मिठो मार्सि चामालको..., ‘झुपडीको नारी भन्छे...., लगायतका सयौ गीतहरु श्रोता, दर्शकले मन पराएका छन् । 
    शम्भु राई गायक मात्र नभएर गीत, संगीतको माध्यमबाट पञ्चायत विरुद्धको आन्दोलनमा होमिएका तत्कालीन समयका एक आन्दोलनकारी पनि थिए । राई २०४६ साल अघि पञ्चायत विरुद्ध गाउँगाउँमा जनताको गीत गाउँदै हिडेका ब्यक्ति हुन । 
    गायक रबिन कन्दङ्वा, नन्दु गुरुङ, जनगायक वीरध्वज शिवाको समेत प्रस्तुती रहने कार्यक्रममा टेलिसिरियल ‘दोबाटे’को प्रस्तुती र स्थानीय कलाकारहरूको नृत्य कला प्रदर्शन गर्ने संयोजक अमिर राईले बताए । 
    कार्यक्रमको टाइटल स्पन्सर पथरीमा रहेको याहामा सो रुम सञ्चालक पी.एम.सी. अटो टेडर्स प्रा.लि.ले गर्ने बताइएको छ । दीपावलीको अवसरमा खुल्ला स्थालमा कार्यक्रम हुने भएकोले श्रोता÷दर्शकलाई निशुल्क रुपमा मनोरञ्जन दिइने कार्यक्रम आयोजकले जनाएको छ । 

सम्वन्धित समाचार

मोरङ । परिआएको खण्डमा नेपालमा फेरि हतियार उठ्न सक्ने प्रदेश नं. १ का पूर्व मुख्यमन्त्री राजेन्द्र राईले चेताव…

मोरङ । मोरङको पथरीशनिश्चरे—२ लिचिडाँडामा नाट्याशाला निर्माणहुने भएको छ ।  शब्द थिएटरको लगाय…

मोरङ । नेकपा (एमाले) पूर्व प्रदेश समिति दसस्य तथा वर्तमान सल्लाहकार समिति सदस्य पर्शु मिश्रले पार्टी परित्याग…

मोरङ । निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन नेपाल (प्याब्सन) पथरीशनिश्चरे नगर समितिको दोस्रो परिषद भेला स…