• मोरङ । हतियार प्रहारहुँदा मोरङ कनेपोखरी–५ का २२ बर्षिय अमित धिमालको हातै गुम्ने खतरा भएको छ ।
    धारिलो हतियार प्रहारबाट सोही वडाको २१ बर्षिय नेशन धिमालको बाँया ढाडमा गम्भीर चाट लागेको छ । सुक्रबार साँझ करिव आठ बजे बेलबारी १० डागिहाटका युवा समूहले हतियार प्रहार गरेको प्रहरीले जनाएको छ ।
    झगडाको क्रममा धारिलो हतियार प्रहारबाट अमित धिमालको बाँया हात (नाडी) छिन्ने अवस्थामा पुगेको स्थानीय औषधि व्यवसायी प्रकाश धिमालले बताए । अमितको हात छाला मात्र छिन्न बाँकी रहेको प्रकाश धिमालले जानकारी दिए । घाइतेको उर्लाबारी अरनिको अस्पतालमा उपचार संभव नभएपछि झापा बिर्तामोडको बीएमसी अस्पतालमा पठाइएको छ । हात जोडिने नजेडिने अहिले नै केही भन्न नसकिने स्वास्थ्यकर्मीले बताएको घाइते धिमालको परिवारले बताए । घट्नामा नेशन धिमाल पनि हतियार प्रहारबाट घाइते भएका छन् ।
    घट्नामा संलग्न भएका मध्ये बेलबारी १० डागिहाटका २६ बर्षिय समिर राई र २५ को सुमन फुयल पक्रेको इलाका प्रहरी कार्यालय पथरीले जनाएको छ । घट्ना स्थलबाट तीन मोटरसाइकल र दुई स्कुटी समेत नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ ।
    घट्ना कानेपोखरी ६ बुद्धचोक जनिक बाँसघारी भएको कानेपोखरी चौकीका प्रमुख सई फुलबावीर तामाङले जनाकारी दिए छ । घट्नाको कारण भने खुलि नसकेको प्रहरीले जनाएको छ ।

सम्वन्धित समाचार

सुनसरी । सुनसरीको इटहरीमा विश्वमा बढ्दो तापक्रम र आदिवासी जनजातिको तर्फबाट समाधानको उपायहरु बारे दुई दि…

मोरङ । मोरङको कानेपोखरी गाउँपालिका आर्थिक वर्ष २०८२÷०८३ को बजेट आइतबार पत्रकार सम्मेलनको आयोजना …

मोरङ । डिभिजन वन कार्यालय मोरङले ल्याएको ‘कानेपोखरी—लेटाङ सरकारद्वारा व्यवस्थित (चक्ला) वन व्य…

मोरङ । गण्डकी प्रदेश सभाले गुरुङ र मगर भाषालाई सरकारी कामकाजको भाषा बनाउने निर्णय गरेकोमा मोरङको पथरीश…