• इटहरी । बिभिन्न धार्म मान्ने वक्ताहरुले समाजमा धार्मिक, सामाजिक सहिष्णुता कायम गर्न जिम्मेवार भएर लाग्नुपर्ने बताएका छन् ।
    अन्तरधार्मिक शान्ति सञ्जाल महासंघ नेपाल प्रदेश समितिले सुनसरीको इटहरीमा आज (आइतबार) आयोजित धार्मिक तथा सामाजिक क्षेत्रमा शान्ति निर्माणका लागि अन्तरधार्मिक भेला कार्यक्रममा बोल्दै सो कुरा बताएका हुन् । 
    कार्यक्रममा बौद्ध धर्मका गुरु धर्म डुम्जनले हिन्दू, बौद्ध, इसाई, किरात, मुस्लिम जुनसुकै धर्म मान्ने मानिसहरु एक आपसमा मिलेर बस्नुपर्ने बताए । धर्मको अर्थ प्रेम, सत्कर्म भएको ब्याख्या गर्दै जग्गा पुगेमा एक अर्कामा समस्या नहुने गरी गुम्बा, मन्दीर, सस्जिद, माङखिम, चर्च एकै ठाउँमा बनाउन सकिने बताए । 
    कसैले उकासेको भरमा एउटा धर्म मान्ने विरुद्ध अर्को पक्ष लाग्न नहुने डुम्जनको भनाइ थियो । 
    कार्यक्रममा हिन्दुको तर्फबाट राजेन्द्र प्रसाद ढकाल, किरात धर्मको तर्फबाट फिपराज लिम्बू, जैनको तर्फबाट बिमल जैन, स्वर्गीक मार्गको तर्फबाट ओसन राई, इस्लामको तर्फबाट हुसेन अली, इसाईको राजकुमार राईले आ—आफ्नौ धार्मिक ग्रन्थहरुको ब्याख्या गर्दै साम्प्रदायिक सद्भाब भड्किन दिन नहुने बताएका थिए । 
    सुनसरीको धरानमा हुन खोजेको र नेपालगञ्ज लगायतका स्थानमा भएको साम्प्रदायिक हिंसाले कोही नजित्ने सबैको हार हुनेभएकोले सबै पक्ष संयमित हुनुपर्ने कार्यक्रममा प्रस्तुत कार्यपत्रमा उल्लेख छ । 
    देशको बिभिन्न स्थानमा धार्मिक तथा सामाजिक टकरावको सरकारले समयमै व्यवस्थापन गर्नुपर्ने, सद्भाव कायम राख्न स्थानीय सरकार (पालिका) मेलमिलापको लागि सहजिकरणमा लाग्नुपर्ने, एक अर्काको विस्वास र सम्मानमा आँच आउने बिषय सामाजिक सञ्चालमा प्रयोग गर्नेहरुलाई निरुत्साहित गर्नुपर्ने प्रस्तुत कार्यपत्रमा उल्लेख छ । 
    आयोजक संस्थाको अध्यक्ष शम्भू अधिकारीको सभापतित्वमा भएको कार्यक्रममा अन्तर धार्मिक शान्ति सञ्जाल केन्द्रीय अध्यक्ष रामभक्त कुरुम्बाङ, लेटाङ नगरपालिका प्रमुख भूपेन्द्र लावती, मोरङ धनपाल पालिकाको उपप्रमुख नसिमा बानो, जहदा गाउँपालिका उपप्रमुख हन्ना सोरेन, केराबारी गाउँपालिका उपप्रमुख मनमाया मगर लगायतले विचार राखेका थिए । अन्तर धार्मिक शान्ति सञ्जाल प्रदेश समिति सचिव चन्द्र तामाङले सञ्चालन गरेको कार्यक्रम बिभिन्न धर्मका करिव सय जना सहभागिता रहेको थियो । 

     


     

सम्वन्धित समाचार

मोरङ । पुरस्कार वितरण तथा सांस्कृतिक मनोरञ्जनात्मक कार्यक्रमको आयोजना गरि मोरङ पथरीशनिश्चरे—९ स्थित प्…

मोरङ । नेपाल बुद्धिचाल संघ पथरीशनिश्चरे नगर समितिद्वारा आयोजित दोस्रो पथरीशनिश्चरे बुद्धिचाल समूह प्रतियोग…

मोरङ । मोरङको पथरीशनिश्चरे नगरमा ‘सातौँ राष्ट्रपति रनिङ शिल्ड खेलकुद प्रतियोगिता—२०८२’…

मोरङ । मोरङको पथरीशनिश्चरे नगरमा जारी ‘सातौँ राष्ट्रपति रनिङ शिल्ड खेलकुद प्रतियोगिता—२०८२&r…