• मोरङ । किरात राई खेलकुद संघको मोरङ जिल्ला अध्यक्षमा रबिन्द्र राई सर्बसहमत चयन भएका छन् । 
    आइतबार मोरङको पथरीशनिश्चरे नगरपालिका—१ स्थित साकेला थानमा भएको पहिलो जिल्ला भेलाले रबिन्द्र राईलाई अध्यक्षमा सर्बसहमत चयन गरेको हो । राई पथरीशनिश्चरे नगर भलिबल संघको अध्यक्ष समेत हुन् । 
    उपाध्यक्षहरुमा दीपक राई, ईन्द्र राई, बिकी राई, राजकुमार राई रहेका छन् । दीपक राई नेपाली राष्ट्रिय टिमका पूर्ब स्टाकर तथा पथरीशनिश्चरे नगर खेलकुद बिकास समितिको संयोजक हुन् । बिकी राई फुटबल क्षेत्रको स्थानीय अभिभावक हुन् । 
    त्यसैगरी सचिवमा आतेजङ राई चयन भएका छन् । आतेजङ्ग बुद्धिचाल खेलाडी हुन् । सहसचिवमा थिलेन राई र कोषाध्यक्षमा अनु राई सर्बसहमत चयन भएका छन् । अनु राई करातेको ब्लक बेल्ड प्राप्त खेलाडी तथा राजनीतिक तथा सामाजिक कार्य गर्दै आएका व्यक्ति हुन् । अनु पथरी जेसीजको पूर्ब अध्यक्षसमेत हुन् । 
    सदस्यहरुमा लक्ष्मी राई, आकाश राई, रबिन राई, एलन राई, भीषण राई, विवेक राई, कैलाश राई, दीपककुमार राई, अभिषेक राई लगायत रहेका छन् । 
    कार्यक्रममा किरात राई यायोक्खा केन्द्रीय उपमहासचिव अर्जुन जम्नेली राई, किरात राई खेलकुद संघको केन्द्रीय अध्यक्ष संजय राई, किरात राई पत्रकार संघको अध्यक्ष बिजय खम्बू, किरात राई विद्यार्थी संघको जिल्ला अध्यक्ष केशर राई, किरात राई कलाकार संघको अध्यक्ष असिम राई, बुद्धिचाल संघको पथरीशनिश्चरे नगर अध्यक्ष डम्बर बाछना राई, यायोक्खा पथरीशनिश्चरे नगर अध्यक्ष प्रेम राई लगायतले शुभकामना मन्तब्य राखेका थिए । 
    शुभकामना दिने क्रममा खेल र खेलाडीको क्षेत्रबाट सामाजिक कार्य गर्नुको साथै समुदायले उठाउदै आएको कोशी नाम खारेजीको अभियानमा जोडिनुपर्ने बक्ताहरुले विचार राखेका थिए । किरात राई खेलकुद संघको केन्द्रीय अध्यक्ष संजय राईले संघको १४ जिल्लामा नै संगठनको बिस्तार भइरहेको भन्दै खेलकुद क्षेत्र र समुदायको मुद्धा स्थापित गर्न खेलाडीहरु संगठित हुनेपर्ने बताए । 
    किरात राई यायोक्खा जिल्ला उपाध्यक्ष सिता राईको अध्यक्षतामा भएको कार्यक्रम सचिव कासिहाङ राईले सञ्चालन गरेका थिए । कार्यक्रममा पथरीशनिश्चरे नगरपालिकाले केलकुद विकास समितिको संयोजक नियुक्त गरेकोमा दीपक राईलाई औपचारिक रुपमा खादा ओढाएर सम्मान गरिएको थियो । 

    नव निर्वाचित अध्यक्ष रबिन्द्र राई
     

    किरात राई खेलकुद संघको केन्द्रीय अध्यक्ष सम्बोधन गर्दै

     

    नगर खेलकुद विकास समितिको संयोजक दीपक राई

सम्वन्धित समाचार

सुनसरी । सुनसरीको इटहरीमा विश्वमा बढ्दो तापक्रम र आदिवासी जनजातिको तर्फबाट समाधानको उपायहरु बारे दुई दि…

मोरङ । मोरङको कानेपोखरी गाउँपालिका आर्थिक वर्ष २०८२÷०८३ को बजेट आइतबार पत्रकार सम्मेलनको आयोजना …

मोरङ । डिभिजन वन कार्यालय मोरङले ल्याएको ‘कानेपोखरी—लेटाङ सरकारद्वारा व्यवस्थित (चक्ला) वन व्य…

मोरङ । गण्डकी प्रदेश सभाले गुरुङ र मगर भाषालाई सरकारी कामकाजको भाषा बनाउने निर्णय गरेकोमा मोरङको पथरीश…