• मोरङ । मोरङको पथरीशनिश्चरे १० स्थित डाँस मोरङ्गी सामुदायिक वन उपभोक्ता समूहले आफ्नौ २२ औं बार्षिक साधारणसभाको अवसरमा यस क्षेत्रमा पाइने निगुरो, सिमसाग र जिब्रीसागको प्रचारमा जोड दिएको छ । 
    समूहको २२ औं साधारण सभा शनिबार सम्पन्न भएको थियो । समूहको वन क्षेत्रमा निगुरो, बिब्रीसाग बिक्रीबाट जिविको पार्जन गर्नेको संख्या बढ्दै गएको छ भने सिमसाग उत्पादन हुने गरेको छ । तरकारी (सब्जी)को रुपमा प्रयोगहुने यी सागहरु उत्पादनमा लाग्ने समूहको योजना रहेको अध्यक्ष पोख्रेलले बताए । 
    साधारण सभामा उपस्थित संघीय सांसद सुनिल शर्मा लगायतका अतिथिहरुलाई यीनै साग मायाको चिनोको रुपमा प्रदान गरिएको थियो । 
    साधारण सभामा सुरुहुनु अघि महिलाहरुको लागि तिज कार्यक्रम राखिएको थियो । समूहका अध्यक्ष मदन पोख्रेलको सभापतित्वमा भएको कार्यक्रममा समूहको प्रगाति, आर्थिक लगायतको प्रतिवेदन प्रस्तुत भएको थियो । 
    उद्घाटन कार्यक्रममा प्रदेश सभा सदस्य गीता तिम्सिना, १० नं. वडा अध्यक्ष जीवन खतिवडा, सामुदायिक वन उपभोक्ता महासंघको नेता अग्गी पौडेल, नगर अध्यक्ष मैना आचार्य लगायत उपस्थिति रहेको कार्यक्रम पूर्ब अध्यक्ष जीवन कटुवालले सञ्चालन गरेका थिए । 

     


     

सम्वन्धित समाचार

मोरङ । पुरस्कार वितरण तथा सांस्कृतिक मनोरञ्जनात्मक कार्यक्रमको आयोजना गरि मोरङ पथरीशनिश्चरे—९ स्थित प्…

मोरङ । नेपाल बुद्धिचाल संघ पथरीशनिश्चरे नगर समितिद्वारा आयोजित दोस्रो पथरीशनिश्चरे बुद्धिचाल समूह प्रतियोग…

मोरङ । मोरङको पथरीशनिश्चरे नगरमा ‘सातौँ राष्ट्रपति रनिङ शिल्ड खेलकुद प्रतियोगिता—२०८२’…

मोरङ । मोरङको पथरीशनिश्चरे नगरमा जारी ‘सातौँ राष्ट्रपति रनिङ शिल्ड खेलकुद प्रतियोगिता—२०८२&r…