• मोरङ । प्रदेश नं. १ पुनः नामाङ्कन संयुक्त सङ्घर्ष समितिले एमाले संबद्ध युवा संघलाई ब्यानरमा कोशी नलेख्न र जातीय पहिचान बिरुद्ध उत्तेजित बोल्ने ब्यक्तिहरुलाई कार्यक्रममा नबोलाउन आग्रह गरेको छ ।
    युवा संघको भदौ २३ र २४ गते सुनसरीको धरानमा प्रदेश अधिवेशन गर्दैछ । संयुक्त संघर्ष समितिले आज (भदौ २१) बिज्ञप्ति प्रकशन गरी अधिवेशनको ब्यनर र गेटहरुमा कोशी नाम नलेख्न आग्रह गरेको हो । 
    संघर्ष समितिले प्रदेश भर कोशी लेखिएको बोर्ड, ब्यानर, छाप मेट्ने, हटाउने, च्यात्ने कार्य निरन्तर गर्दै आएका छन् । त्यसैगरी कोशी नामको लागि हस्ताक्षर गर्ने ८२ प्रदेश सांसदलाई गाउँगाउँमा कालो झण्डा देखाउदै आएका छन् । त्यसैगरी समस्या समाधानको बाटो खोज्नुको सट्टा पहिचानवादी नेता कार्यकर्ताहरु विरुद्ध उत्तेजित भाषण गर्ने, होच्याउने गरेको भन्दै पूर्ब प्रधानमन्त्री केपी ओली, पूर्बमन्त्री योगशे भट्टराई र अरुले उचालेको भरमा आफ्नै पूर्खा, समुदायलाई लागि गलैजमा उत्रेको भन्दै पहिचानवादी युवाहरुले क्षितिज थेबेलाई कालो झण्डा देखाउदै आएको छ । 
    संघर्ष समितिले कोशीमा हस्ताक्षर गर्ने ८२ मध्येको कोही पनि र समस्या चर्काउने मन्तब्य दिने तीनै जनालाई नबोलाउन विज्ञप्ति मार्फत आग्रह गरेको हो । त्यसैगरी भदौ ८ गते क्षितिज थेबेलाई कालो झण्डा देखाउने क्रममा धनकुटाको चौबिसेका नेता कार्यकर्ताहरुलाई लगाइएको मुद्धा संघले फिर्ता लिनुपर्ने माग राखेका छन् । 
    क्षितिज थेबेको कारण धनकुटा चौबिसै गाउँपालिका—६ का दीवा चेम्जोङ, बुलुन लिम्बू, सुक्रबहादुर लिम्बू, सानुकुमार लिम्बू, आरामकुमार लिम्बू लगायतलाई जिल्ला प्रहरी कार्यालय धनकुटाले मुद्धा लगाएको छ । 

    प्रदेश नं. १ पुनः नामाङ्कन संयुक्त सङ्घर्ष समितिको आन्दोलन कुनैपनि संगठन र समुदायको विरोधी नभएको, कोशी नाम खारेजी नभएसम्म निरन्तर रहने र कोशी नाम खारेजी निश्चित रहेको उल्लेख छ । 
    युवा संघ र संघर्ष समितिबीच २०८० भदौ २० गते धरानमा छलफल भएपनि निष्कर्ष निस्की नसकेको र आधिकारिक धारना सार्वजनिक नभएकोले भ्रममा नपरी खराब अभिव्यक्ति र कोशी नाम विरुद्ध हुने प्रदर्शनको तयारीमा लाग्न आव्हान गगरिएको छ । 
    बिज्ञप्तिमा किरात राई यायोक्खा संघीय अध्यक्ष जीवन हाताचो राई, किरात याक्थुङ चुम्लुङ अध्यक्ष प्रेम एक्तेन, पहिचान सहितको प्रदेश नं. १ पुन नामाङकन अभियान समितिको अध्यक्ष डकेन्द्रसिंह थेगिम, नेपाल आदिबासी जनजाति महासंघको अध्यक्ष ग्याल्जे शेर्पा र नेपाल शेर्पा संघको महासचिव लाक्पा शेर्पाद्वारा हस्ताक्षर गरिएको छ । 
    आन्दोलनको संयोजन सामाजिक संगठानहरुले गरेपनि जसपा, कुमार लिङ्देन (मिराक) नेतृत्वको संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च, नागरिक उत्मुक्ति पार्टी, सञ्जुहाङ पालुङ नेतृत्वको राष्ट्रिय जनमुक्ति पार्टी (छ गटक), नेकपा (एस)ं, माओवादी केन्द्र, किरात मोर्चा लगायत करिव ४१ वटा संगठनहरुले आन्दोलन चर्काउदै आएको छ । 
    समाजिक संस्थाहरुमा रहेका एमाले, कांग्रेसका नेता, कार्यकर्ताहरु समेत कोशी नाम खारेजीको आन्दोलनमा प्रत्यक्ष, परोक्ष रहेका छन् । आन्दोलनको क्रममा ४२ बर्षिय पदमकुमार लिम्बू (लाजेहाङ) सहिद भएका छन भने १५० भन्दा बढी घाइते छ । एक जना पूर्पक्षमा जेलमा छन भने २५ बढीले ‘झुटा’ मुद्धा खेपिरहेका छन् । 
    कांग्रेस, माओवादी केन्द्र, जसपा लगायतले कार्यक्रम गर्दा कोशी नलेख्ने प्रतिबद्धता सहित कार्यान्वयन गरिरहेका छन् भने एमाले भित्र पनि कोशी नाम खारेजी किन गर्न नहुने ? पहिचानको आधारमा नाम राख्दा पार्टीलाई हुने चुनौती र अवसर बारे छलफल हुनुपर्ने दबाब बढिरहेको बुझिाएको छ । पहिचान पक्षधर संगठनहरुले असोज पहिलो सातादेखि पूर्ब २०७९ चैत्र ५ भन्दा भब्य जनप्रदर्शन र आन्दोलनलाई थप उच्चाइमा पु¥याउन तयारी भइरहेको पहिचानको लागि युवाको संयोजक भीम राईले बताए । 

    पहिचानको लागि युवा

सम्वन्धित समाचार

मोरङ । मोरङको पथरीमा सुशिला कन्दङ्वा मेमोरियल पथरीशनिश्चरे चेस (बुद्धिचाल) च्याम्पियनसिप २०८२ सुरु भएको छ…

मोरङ । मोरङको पथरीमा जारी अन्तर्राष्ट्रिय आमन्त्रण दोस्रो पथरीशनिश्चरे गोल्डकप—२०८२ को उपाधिको लागि आय…

मोरङ । मोरङको पथरीशनिश्चरे नगरपाकिाल १ स्थित कन्तुर बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडको २४ औं वार्षिक सा…

मोरङ । लेखक, संकलक तथा खोजकर्ता दीपेन्द्रराज तिम्सिनाको १४ ओै पुस्तक ‘नेपालको बैङ्किङ इतिहास’…