• मोरङ । किरात राई विद्यार्थी संघको पूर्ब केन्द्रीय अध्यक्ष अर्जुन जम्नेली राईले आगामी अशोजदेखि कोशी नाम विरुद्धको आन्दोलन चर्किने बताउदै तयारीमा लाग्न आव्हान गरेका छन् । 
    किरात राई विद्यार्थी संघ जिल्ला समितिको आयोजनामा मोरङको बेलबारी स्थित साकेला थानमा संघको २५ औं (रजत जयन्ति) स्थापना दिवसको अवसरमा आयोजित अन्तरक्रिया कार्यक्रममा बोल्दै राईले सो आव्हान गरेका हुन् ।
    प्रदेश सरकार विभिन्न कारणले कमजोर भएको, बर्षा याम लगायत कारणले हालसम्म तयारी भइरहेको भन्दै अशोज पहिलो सातादेखि कोशी नाम विरुद्ध शान्तिपूर्ण तर निर्णायक आन्दोलनको तयारी भइरहेकोले सबैजना जुट्न आव्हान गरेका छन् । 
    प्रदेश सरकार र सभाले अशोजसम्म पुनः नामकरणको प्रकृया अघि नबढाए प्रदेश नं. १ पुनः नामङ्कण संयुक्त संघर्ष समितिको आयोजनामा आन्दोलनको तयारी भइरहेको बताउदै सबैजना सडकमा जुट्नुपर्ने राईले बताए । 
    कोशी एकल गोत्रीय, जातीय साम्प्रदायिक नामले प्रदेशबासीको साझा भावनाको प्रतिनिधित्व गर्न नसक्ने भएकोले इतिहास, भूगोल, सभ्यताको आधारमा नाम राख्नुपर्ने किरात राई यायोक्खाको केन्द्रीय उपमहासचिवसमेत रहेका राईले बताए । आन्दोलन कुनै जात, पार्टीको विरुद्ध नभएर कोशी नाममा हस्ताक्षर गर्ने ८२ प्रदेश सांसद र आन्दोलनरत संगठनलाई आरोप लगाउने व्यक्तिहरु विरुद्ध भएको बताएका छन् । 
    संघको केन्द्रीय बिभागीय प्रमुख समेत रहेका सरोज राई लगायतको उपस्थितिमा भएको अन्तरक्रिया कार्यक्रमपछि साकेला थानमा फलफुल लगायतको विरुवा समेत रोपिएको छ । कार्यक्रममा उर्लाबारी, पथरीशनिश्चरे र बेलबारीका किरात राई विद्यार्थी संघका कार्यकर्ताहरु सहभागी संघको कार्यकर्ताहरु कोशी नाम विरुद्ध नारा जुलुस समेत लगाएका थिए । 

     

     

सम्वन्धित समाचार

सुनसरी । सुनसरीको इटहरीमा विश्वमा बढ्दो तापक्रम र आदिवासी जनजातिको तर्फबाट समाधानको उपायहरु बारे दुई दि…

मोरङ । मोरङको कानेपोखरी गाउँपालिका आर्थिक वर्ष २०८२÷०८३ को बजेट आइतबार पत्रकार सम्मेलनको आयोजना …

मोरङ । डिभिजन वन कार्यालय मोरङले ल्याएको ‘कानेपोखरी—लेटाङ सरकारद्वारा व्यवस्थित (चक्ला) वन व्य…

मोरङ । गण्डकी प्रदेश सभाले गुरुङ र मगर भाषालाई सरकारी कामकाजको भाषा बनाउने निर्णय गरेकोमा मोरङको पथरीश…