• मोरङ । मोरङको पथरीशनिश्चरे—२, मा स्थापित हरियाली सामुदायिक वन उपभोक्ता समूहको १८ औं साधारणसभा भाद्र २२ गते हुने भएको छ । 
    चुनावी साधारण सभा भएकोले समूहद्वारा गठित निर्वाचन समितिले निर्वाचन कार्यक्रम सार्वजनिक गरिसकेको छ । 
    निर्वाचन समितिको संयोजकमा शरदचन्द्र दाहाल, सदस्यहरुमा महेन्द्र ढुङ्गाना र रोहित बास्तोला रहेका छन् । 
    समूहको नेतृत्व यस अघि दुई कार्यकाल काबुलबहदुर मगर (बिकास)ले अध्यक्षको जिम्मेवारी सम्हालेका थिए । आउने यो कार्यकालमा पनि मगर सर्वसहमत अध्यक्ष हुने निश्चित जस्तो भएको दिलबहादुर तामाङले बताए । मगर नेतृत्व टोलीले समूहलाई राष्ट्रिय रुपमा चिनाउनु को साथै आफ्नो पूर्ण समय वनलाई दिदै आएकोले तेस्रो पटक सर्वसहमत बन्ने वातावरण भएको उपभोक्ताहरुको भनाइ छ । 
    निर्वाचन समितिले भाद्रौ १३ गते मतदाता नामावली प्रकाशन, १४ गते दावी विरोध र अन्तिम नामवली प्रकाशन, १५ गते उमेद्वार दर्ता, १६ गते उमेद्वार विरुद्ध दावी विरोध, १८ गते उमेद्वारी फिर्ता र अन्तिम नामवली प्रकाशन २२ गते साधारण सभाको उद्घाटन र २३ गते मतदान हुने निर्वाचन कार्यक्रम सार्वजनिक गरेको छ । 
    हरियाली सामुदायिक वन उपभोक्ता समिति वन व्यवस्थापनमा नेपालमै प्रथम भएको समूह हो । विधान अनुसार नौ वटा टोलबाट नौ जना सदस्य सर्वसहमत चयन भएर आइसकेका छन् । एक हजार २८ जना उपभोक्ता रहेको वनको पछि थप भएको ४ हेक्टरसहित २५० हेक्टर क्षेत्रफल रहेको छ । समुदाय वनको नेतृत्वमा पर्यपर्यटन क्षेत्रको रुपमा विकासहुँदै गएको छ । समूह भित्र सभाहल निर्माण भइसकेको छ भने स्वीमिङ पुल अन्तिम चरणमा बनिरहेको छ । 

सम्वन्धित समाचार

सुनसरी । सुनसरीको इटहरीमा विश्वमा बढ्दो तापक्रम र आदिवासी जनजातिको तर्फबाट समाधानको उपायहरु बारे दुई दि…

मोरङ । मोरङको कानेपोखरी गाउँपालिका आर्थिक वर्ष २०८२÷०८३ को बजेट आइतबार पत्रकार सम्मेलनको आयोजना …

मोरङ । डिभिजन वन कार्यालय मोरङले ल्याएको ‘कानेपोखरी—लेटाङ सरकारद्वारा व्यवस्थित (चक्ला) वन व्य…

मोरङ । गण्डकी प्रदेश सभाले गुरुङ र मगर भाषालाई सरकारी कामकाजको भाषा बनाउने निर्णय गरेकोमा मोरङको पथरीश…