• धनकुटा । माओवादी केन्द्र सम्बद्ध किराती राष्ट्रिय मुक्ति मोर्चाले प्रदेश नं. १ मा चलिरहेको पुनः नामकरणको आन्दोलनमा थप शसक्त रुपमा सहभागि हुने निर्णय गरेको छ । 
    सुक्रबार धनकुटाको भेडेटारमा बसेको मोर्चाको पदाधिकारी बैठकले सो निर्णय गरेको हो । कोशी नाम खारेजी र पहिचानको आधारमा पुन नामकरणको आन्दोलन बारे बैठकमा ब्यापक छलफल भएको थियो । 
    माओवादी केन्द्रले तीन महिनासम्म चलाउने ‘जनतासँग माओवादी विशेष रुपान्तरण अभियान’सँगै किराती मोर्चाले पनि संगठन विस्तार, गठन, पुनर गठन गर्दै कोशी खारेजीको आन्दोलन शसक्त रुपमा सहभागिहुने निर्णय भएको संगठनका अध्यक्ष राजन किराती (बासु)ले बताए । 
    डकैती शैलीमा प्रदेशको नाम कोशी राखिएपछि चलिरहेको पहिचानको आन्दोलनमा लाग्न किराती मोर्चाले सम्पूर्ण माओवादी र मोर्चाको नेता, कार्यकर्ता, जनतालाई आव्हान गरेको छ । 
    मोर्चाको अध्यक्ष राजन किराती (बासु)को अध्यक्षतामा भएको कार्यक्रममा पार्टी केन्द्रीय सदस्यहरु अजम्बर काङ्बाङ राई, शुरेसकुमार राई (हिमाल) संघीय सांसदसमेत रहेका केन्द्रीय सदस्य तथा मोर्चाको इन्चार्ज दुर्गा राई, पार्टीको निर्वाचन आयोग सदस्य अमेम्मर राई, पार्टी प्रदेश समिति उपाध्यक्ष देवान चाम्लिङ राई (पृथ्वी) लगायतको उपस्थिति रहेको थियो । 
    नेताहरुले कोशी नाम राख्न हस्ताक्षर दिएर गल्ति भएको र गल्ति सच्याउदै पहिचानको आधारमा नाम राख्न पहल गर्ने निर्णय भएको बताए । 
    बैठकमा पहिचानको मुद्धा छाडे माओवादी केन्द्र झनै कमजोरहुने र गएको निर्वाचनमा जाति भोट आए मुद्धाकै कारण आएको विश्लेषण भएको छ । पहिचान, संघीयता र अधिकार स्थापित गर्न माओवादी संघर्षकै निरन्तरतामा रहेको नेताहरुले बताएका थिए । 
    पार्टीले भ्रष्ट्राचारको फायलहरु खोल्दै सुशासन कायम गर्न लागि परेको कारण कार्यकर्ताहरु गाउँगाउँसम्म जाग्नुपर्ने बताए । 
    बैठकले किराती मोर्चाको पाँचौ राष्ट्रिय सम्मेलन २०८० फागुन १८ र १९ गते गर्ने निर्णय भएको छ । 
    सम्मेलनको कार्ययोजना र कार्यविभाजनको लागि उपाध्यक्ष तिलकप्रसाद राईको संयोजकत्वमा सात सदस्यीय कार्यदल गठन भएको छ । सो समितिले सम्मेलन सफल पार्न आवश्यक योजना र उपसमितिहरु निर्माण गरेपछि केन्द्रीय समितिको बैठकमा पेसहुने बताइएको छ । 
     

सम्वन्धित समाचार

मोरङ । मोरङको पथरीमा सुशिला कन्दङ्वा मेमोरियल पथरीशनिश्चरे चेस (बुद्धिचाल) च्याम्पियनसिप २०८२ सुरु भएको छ…

मोरङ । मोरङको पथरीमा जारी अन्तर्राष्ट्रिय आमन्त्रण दोस्रो पथरीशनिश्चरे गोल्डकप—२०८२ को उपाधिको लागि आय…

मोरङ । मोरङको पथरीशनिश्चरे नगरपाकिाल १ स्थित कन्तुर बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडको २४ औं वार्षिक सा…

मोरङ । लेखक, संकलक तथा खोजकर्ता दीपेन्द्रराज तिम्सिनाको १४ ओै पुस्तक ‘नेपालको बैङ्किङ इतिहास’…