• मोरङ । प्रा.डा. महेन्द्र लावतीले कोशी नाम खारेजीसँगै छुट्टै राजनीतिक शक्ति निर्माण आवश्यकता माथि जोड दिएका छन् ।
    नेपाल आदिबासी जनजाति पत्रकार महासंघ (फोनिज)को २४ औं स्थापना दिवसको अवसरमा विराटनगरमा आइतबार (२८ साउन) आयोजित ‘पहिचान आन्दोलन, अबको बाटो’ सम्बन्धी अन्तरर्किया कार्यक्रममा बोल्दै प्रा.डा. लावतीले सो कुरा बताएका हुन् । 
    मधेशमा सामाजिक संगठनहरु आन्दोलनको जग बनेपनि मधेश स्थापना गर्न राजनीतिक दल स्थापना भएपछि मात्र नाम राख्न संभव भएको लावतीले बताए । थारु समुदायले पहिचानको आन्दोलन गरेपनि नागरिक उन्मुक्ति पार्टी गठन भएपछि जनताले पहिचानवादी शक्ति थप स्थापित हुँदै गएको डा.महेन्द्र लावतीको तर्क थियो । 
    नेपाली संमृद्धि र शिक्षित भए पहिचान किन चाहियो भन्ने प्राज्ञिक क्षेत्रबाटै भाष्य निर्माण गर्न खोजिरहेको भन्दै प्रा.डा. लावतीले सो कुराको खण्डन गरे । अमेरिका, बेलायत, क्यानडा, स्पेन, स्वीजरल्याण्ड जस्ता मुलुक आर्थिक हिसावले संमृद्ध र शिक्षित भएपनि त्यहाँ पहिचानको मुद्धा चलिरहेको तथ्य प्रस्तुत गरे । 
    कोशी नाम विरुद्धको आन्दोलन सुरुवात मात्र भएको भन्दै पहिचानको आन्दोलनमा धनि, गरिव जुनसुकै वर्ग समूहका मानिसहरु लाग्दै आएको बताए ।
    नेपालमा अधिकार विहिन प्रदेश भएको नक्कली संघीयता रहेको डा. लावतीको भनाइ छ । 
    प्रदेश सरकारलाई अधिकार नदिइएको, मधेश बाहेक संघ र छ वटा प्रदेशमा एकल जातीय समुदायको हालि मुहाली भएकोले पहिचानको आन्दोलन सफल भए अधिकारसहितको सक्कली संघीय राज्य व्यवस्था लागू गर्न सकिने बताए । डा.लिम्बूले प्रदेशको नाम किरात र लिम्बुवान दुवै शब्द समेटिए सार्थक हुने बताएका छन् । 
    फोनिजको संघीय अध्यक्ष गजुरधन राईको सभापतित्वमा भइरहेको कार्यक्रममा विश्लेषकहरु प्रा.डा. महेन्द्र लावतिसँगै विश्लेषक खगेन्द्र संग्रौला, डम्बर खतिवडा, भवानी बरालले समेत मन्तब्य राखेका थिए । 
     

सम्वन्धित समाचार

काठमाडौं ।  काठमाडौंमा अनिश्चितकालीन कर्फ्यू आदेश जारी भएको छ । मंगलबार बिहान साढे ८ बजेदेखि लागू…

मोरङ । थारु महिलाहरुले मनाउने जितिया चाड विभिन्न मनोरञ्जन तथा शुभकामना आदानप्रदान गर्दै आज भव्य रुपले सम…

मोरङ । पथरीमा फुटबल रंगशाला निर्माण गर्ने लगायतको प्रस्तावहरु पारित गर्दै मोरङको पथरीशनिश्चरेमा स्थापित शा…

पथरी । एभरेष्ट अंग्रेजी बोडिङ स्कुल मोरङको पथरी शनिश्चरे नगर स्तरीय अन्तर विद्यालय हिज्जे प्रतियोगितामा प्रथम…