• मोरङ । नेकपा (एस) नगर समितिले मोरङको पथरीशनिश्चरे नगरपालिकालाई पुरानो सरसफाइ शुल्क र नागरिकता प्रतिलिपि दस्तुर नलिन ज्ञापन पत्र मार्फत सुझाव दिएको छ ।
    नेकपा (एस) नगर समितिले नगर प्रमुख मोहन तुम्बापोलाई आज (सुक्रबार) कार्यकक्षमा भेटेर पुरानो शुल्क नउठाउन ३ बुँदे ज्ञापन पत्र बुझाएको हो ।
    पथरीशनिश्चरे नगरपालिकाले अन्य सेवा लिन आउने सेवाग्रहीलाई २०७४ देखिको २०८० सम्म छ बर्ष फोहोर मैला शुल्क एक मुष्ट लिएर मात्र लिन सेवा दिने गरेको ज्ञापन पत्रमा उल्लेख छ । सेवाग्रहीलाई पुरानो शुल्क छुट गरेर २०८० को मात्र लिन ज्ञापन पत्रमा उल्लेख छ ।
    एक मुष्ट छ बर्षको फोहोर मैला शुल्क तिर्न नसक्ने जनता सेवा लिनबाटै बञ्चितहुँदै आएको र नागरिक्ताको प्रतिलिपि सिफासिर दस्तुर पाँच सय वडा कार्यालयहरुले लिदै आएकोले सो शुल्क हटाउन नेकपा (एस)ले माग गरेको छ ।
    नेपाली नागरिक्ता निशुल्क पाउने व्यवस्था भएको भन्दै प्रतिलिपि सिफारिस शुल्क हटाउन र जेष्ठ नागरिक, एकल महिला र फरक क्षमता भएका व्यक्तिहरुको परिचय पत्र नवीकरण शुल्क समेत हटाउन माग गरेको छ ।
    नेकपा (एस)को नगर अध्यक्ष तुलशी ढकाल, सचिव देबेन्द्र वनेमको हस्ताक्षरसहितको ज्ञापन पत्र बुझाउन संविधान सभा सदस्य चण्डीप्रसाद राई, प्रदेश समिति सदस्य, मानप्रसाद लिम्बू, टंक भण्डारी, पार्टीको सक्रीय कार्यकर्ता राज लिम्बू लगायत नगरपालिका पुगेका थिए । नगर प्रमुख मोहन तुम्बापोले आउने हिउँदे नगर अघिवेशनमा छलफल चलाउने बताए ।
     

सम्वन्धित समाचार

मोरङ । परिआएको खण्डमा नेपालमा फेरि हतियार उठ्न सक्ने प्रदेश नं. १ का पूर्व मुख्यमन्त्री राजेन्द्र राईले चेताव…

मोरङ । मोरङको पथरीशनिश्चरे—२ लिचिडाँडामा नाट्याशाला निर्माणहुने भएको छ ।  शब्द थिएटरको लगाय…

मोरङ । नेकपा (एमाले) पूर्व प्रदेश समिति दसस्य तथा वर्तमान सल्लाहकार समिति सदस्य पर्शु मिश्रले पार्टी परित्याग…

मोरङ । निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन नेपाल (प्याब्सन) पथरीशनिश्चरे नगर समितिको दोस्रो परिषद भेला स…