• मोरङ । नेकपा (एस) नगर समितिले मोरङको पथरीशनिश्चरे नगरपालिकालाई पुरानो सरसफाइ शुल्क र नागरिकता प्रतिलिपि दस्तुर नलिन ज्ञापन पत्र मार्फत सुझाव दिएको छ ।
    नेकपा (एस) नगर समितिले नगर प्रमुख मोहन तुम्बापोलाई आज (सुक्रबार) कार्यकक्षमा भेटेर पुरानो शुल्क नउठाउन ३ बुँदे ज्ञापन पत्र बुझाएको हो ।
    पथरीशनिश्चरे नगरपालिकाले अन्य सेवा लिन आउने सेवाग्रहीलाई २०७४ देखिको २०८० सम्म छ बर्ष फोहोर मैला शुल्क एक मुष्ट लिएर मात्र लिन सेवा दिने गरेको ज्ञापन पत्रमा उल्लेख छ । सेवाग्रहीलाई पुरानो शुल्क छुट गरेर २०८० को मात्र लिन ज्ञापन पत्रमा उल्लेख छ ।
    एक मुष्ट छ बर्षको फोहोर मैला शुल्क तिर्न नसक्ने जनता सेवा लिनबाटै बञ्चितहुँदै आएको र नागरिक्ताको प्रतिलिपि सिफासिर दस्तुर पाँच सय वडा कार्यालयहरुले लिदै आएकोले सो शुल्क हटाउन नेकपा (एस)ले माग गरेको छ ।
    नेपाली नागरिक्ता निशुल्क पाउने व्यवस्था भएको भन्दै प्रतिलिपि सिफारिस शुल्क हटाउन र जेष्ठ नागरिक, एकल महिला र फरक क्षमता भएका व्यक्तिहरुको परिचय पत्र नवीकरण शुल्क समेत हटाउन माग गरेको छ ।
    नेकपा (एस)को नगर अध्यक्ष तुलशी ढकाल, सचिव देबेन्द्र वनेमको हस्ताक्षरसहितको ज्ञापन पत्र बुझाउन संविधान सभा सदस्य चण्डीप्रसाद राई, प्रदेश समिति सदस्य, मानप्रसाद लिम्बू, टंक भण्डारी, पार्टीको सक्रीय कार्यकर्ता राज लिम्बू लगायत नगरपालिका पुगेका थिए । नगर प्रमुख मोहन तुम्बापोले आउने हिउँदे नगर अघिवेशनमा छलफल चलाउने बताए ।
     

सम्वन्धित समाचार

मोरङ । पुरस्कार वितरण तथा सांस्कृतिक मनोरञ्जनात्मक कार्यक्रमको आयोजना गरि मोरङ पथरीशनिश्चरे—९ स्थित प्…

मोरङ । नेपाल बुद्धिचाल संघ पथरीशनिश्चरे नगर समितिद्वारा आयोजित दोस्रो पथरीशनिश्चरे बुद्धिचाल समूह प्रतियोग…

मोरङ । मोरङको पथरीशनिश्चरे नगरमा ‘सातौँ राष्ट्रपति रनिङ शिल्ड खेलकुद प्रतियोगिता—२०८२’…

मोरङ । मोरङको पथरीशनिश्चरे नगरमा जारी ‘सातौँ राष्ट्रपति रनिङ शिल्ड खेलकुद प्रतियोगिता—२०८२&r…