• मोरङ । कोशी प्रदेश नाम खारेजीको माग गर्दै आज मोरङको पथरीशनिश्चरे नगर स्थित मुख्य सडकमा आन्दोलनकारीहरुले कालो झण्डा गाडेर विरोध प्रदर्शन गरेका छन् ।
    राष्ट्रिय जनमुक्ति पार्टी (७ घटक)को आयोजनामा प्रदेश बन्दको आव्हान भएको थियो । सो पार्टीले वि.स.१८३१ साउन २२ गते लालमोहर सन्धि भएको अर्थात लिम्बुवान राज्य गुमेको दिनको रुपमा बर्षेनी बन्दको आयोजना गर्दै आएको छ । 
    यो बर्ष कोशी प्रदेश नाम खारेजीको आन्दोलनको रुपमा जोडेर आयोजित बन्दलाई बिभिन्न घटक संस्थाहरुले समेत विज्ञप्ति प्रकाशन गरेर बन्दलाई समर्थन जनाएको थियो । 
    बन्द सफल पार्न मोरङको पथरीमा किरात याक्थुङ चुम्लुङ, संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चका नेता कार्यकर्ताहरु सडकमा निस्केर कालो झण्डा गाडेका छन् । 
    चुम्लुङको नगर अध्यक्ष बिक्रम लिम्बू, संलोराम नगर अध्यक्ष धुर्ब लिम्बू, धनप्रसाद लिम्बू, लिम्बुवान भोलेन्टियर्स जिल्ला सहकमाण्डर दिनेश राई लगायतको नेतृत्वमा पूर्बपश्चिम मुख्य सडकमा कालो झण्डा गाडेर सडक अवरोध गरेका छन् । बन्दको कारण प्रदेशमा यातायात प्रभावित भएको छ ।  
     

सम्वन्धित समाचार

मोरङ । परिआएको खण्डमा नेपालमा फेरि हतियार उठ्न सक्ने प्रदेश नं. १ का पूर्व मुख्यमन्त्री राजेन्द्र राईले चेताव…

मोरङ । मोरङको पथरीशनिश्चरे—२ लिचिडाँडामा नाट्याशाला निर्माणहुने भएको छ ।  शब्द थिएटरको लगाय…

मोरङ । नेकपा (एमाले) पूर्व प्रदेश समिति दसस्य तथा वर्तमान सल्लाहकार समिति सदस्य पर्शु मिश्रले पार्टी परित्याग…

मोरङ । निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन नेपाल (प्याब्सन) पथरीशनिश्चरे नगर समितिको दोस्रो परिषद भेला स…