• मोरङ । मोरङको पथरीशनिश्चरे–२ मा रहेको हरियाली सामुदायिक वन प्रा.लि.को आज प्रथम साधारणसभा समापन भएको छ । 
    साधारण सभामा वन कम्पनीको अध्यक्ष अशोक साम्पाङ राईले प्रगति प्रतिवेदन, आर्थिक हिसाव तथा भावि योजना प्रस्तुत गरेका थिए । 
    २०७७ सालमा स्थापना भएको कम्पनीमा ८६३ शेयार सदस्य रहेका छन् । पर्य पर्यटकीय क्षेत्र निर्माणधिन कम्पनीमा १ करोड ७२ लाख शेयर पुँजी रहेको प्रस्तुत आर्थिक प्रतिवेदनमा उल्लेख छ । 
    कार्यक्रम हल निर्माण भइसकेको छ भने स्वीमिङ पुल निर्माण सम्पन्न हुन लागेको छ । पिकनिक स्पोर्ट, नेपालको आकारमा बोटिङ पोखरी, बाल उद्यन, क्यान्टिन लगायत निर्माणधिन रहेको छ ।
    प्रस्तुत प्रगति प्रतिवेदनमा बैंक ब्याज आम्दानी २ लाख ६७ हजार ८८८ रूपैयाँ उल्लेख छ । प्रतिवेदनमा प्रशासनिक खर्च, भावी योजना तथा रणनीति उल्लेख छ ।
    कार्यक्रममा प्रमुख अतिथि पथरीशनिश्चरे २ का वडाध्यक्ष नैना राई, बिशिष्ट अतिथि हरियाली सामुदायिक वन उपभोक्ता समूहका अध्यक्ष काबुलबहादुर मगर (विकास), कम्पनीका संस्थापक अध्यक्ष देवीप्रसाद भेटवाल लगायतले शुभकामना दिएका थिए । समूहका उपाध्यक्ष केशवप्रसाद दाहाल, वनका सचिव निर्मला चौहान लगायतको उपस्थिति रहेको थियो । त्यसैगरी समूहमा सह–सचिव सुमित्रा थाम्देन, कोषाध्यक्ष दिलबहादुर तामाङ, नगर शिक्षा समिति सदस्य भद्रमान विश्वकर्मा, पूर्व जनप्रतिनिधि काशिहाङ राई, अग्निप्रसाद गुरुङ लगायतको उपस्थिति रहेको थियो । कार्यक्रम कम्पनीका सदस्य गणेश बाछानाले संचालन गरेका थिए । 
     

सम्वन्धित समाचार

मोरङ । परिआएको खण्डमा नेपालमा फेरि हतियार उठ्न सक्ने प्रदेश नं. १ का पूर्व मुख्यमन्त्री राजेन्द्र राईले चेताव…

मोरङ । मोरङको पथरीशनिश्चरे—२ लिचिडाँडामा नाट्याशाला निर्माणहुने भएको छ ।  शब्द थिएटरको लगाय…

मोरङ । नेकपा (एमाले) पूर्व प्रदेश समिति दसस्य तथा वर्तमान सल्लाहकार समिति सदस्य पर्शु मिश्रले पार्टी परित्याग…

मोरङ । निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन नेपाल (प्याब्सन) पथरीशनिश्चरे नगर समितिको दोस्रो परिषद भेला स…