• मोरङ । मोरङको पथरीशनिश्चरे नगर—३ मा आज संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च÷संघीय लिम्बुवान प्रन्तिय मञ्चको क्षेत्रीय भेला भइरहेको छ । 
    भेलामा जनता समाजवादी पार्टीको निवर्तमान पथरीशनिश्चरे नगर अध्यक्ष परशुराम चोङबाङलिम्बू लगायत ५० भन्दा बढीले पार्टी प्रवेश गरेका छन् । 
    परशुराम चोङबाङ जसपाको तर्फबाट गएको स्थानीय तहको निर्वाचनमा पथरीशनिश्चरे वडा नं. ३ बाट वडा अध्यक्षको उमेद्वार उठेका थिए । 
    चोङबाङसँगै छत्रबहादुर लिम्बू, जहरमान साँबा, सानुमाया लिम्बू, सनपाल योङहाङ, डिल्लिराम खोक्लिङ लगायत रहेका छन् । 
    जनता समाजवादी पार्टी, एमाले लगायतबाट पार्टी प्रवेश गरेका सदस्यहरुलाई 
    संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चको केन्द्रीय अध्यक्ष कुमार लिङ्देन (मिराक)ले खादा लगायर स्वागत गरेका थिए । 
    भेलाले मोरङ ३ नं. निर्वाचन क्षेत्रीय समिति र नगर ३ नं. वडा समिति गठनहुने बताइएको छ । 
    भेला संगठनको ३ नं. क्षेत्रीय संयोजक दिनेश राईको सभापतित्वमा भएको थियो । कार्यक्रममा संगठनको केन्द्रीय उपाध्यक्ष ज्ञानु इङ्बुङ, केन्द्रीय सदस्य दिलु लिङ्देन लगायतको उपस्थिति रहेको छ । 

    पार्टी प्रबेश गर्नु भएका परशुराम चोङबाङ लिम्बू

सम्वन्धित समाचार

मोरङ । मोरङको पथरीशनिश्चरेमा अन्तर्राष्ट्रिय आमन्त्रण दोस्रो पथरीशनिश्चरे फुटबल गोल्डकप प्रतियोगिता कार्तिक १५ …

मोरङ । मोरङको पथरी शनिश्चरे नगरपालिका–१ स्थित न्यू प्यागोडा इङ्लिस बोर्डिङ स्कुलले मिस नेपाल ग्लोब&md…

सुनसरी । सुनसरीको इटहरीमा विश्वमा बढ्दो तापक्रम र आदिवासी जनजातिको तर्फबाट समाधानको उपायहरु बारे दुई दि…

मोरङ । मोरङको कानेपोखरी गाउँपालिका आर्थिक वर्ष २०८२÷०८३ को बजेट आइतबार पत्रकार सम्मेलनको आयोजना …