• मोरङ । नेपाली नागरिकलाई नक्कली शरणार्थी बनाएर अमेरिका पठाउने पूर्व मन्त्रीहरु, बहालवाला सचिव लगायत पक्राउ परिरहदा मोरङको पथरीशनिश्चरे—१० मा रहेका सक्कली भुटानी शरणार्थीहरुले आज (सोमबार) शिविरमा विरोध प्रदर्शन गरेका छन् । 
    नेपाली नागरिकलाई भुटानी शरणार्थी बनाएर अमेरिका पठाउन करोडौं रकम असुल गरेको अभियोगमा पूर्ब उपप्रधानमन्त्रीसमेत भएका उर्जा, जलश्रोत तथा सिँचाइ मन्त्री टोपबहादुर रायमाझी, पूर्ब गृहमन्त्री बालकृष्ण खाण, नेपाल सरकारको बहालवाला सचिव टेकनारायण पाण्डे, भुटानी मानवअधिकारवादी नेता टेकनाथ रिजाल लगायत १६ जनालाई प्रहरी पक्रेर अनुसन्धान गरिरहेको छ । नक्कली शरणार्थी अभियोग लागेका अन्य १४ जना फरार रहेका छन् । 
    पक्राउ पर्नेमा मोरङ पथरीशनिश्चरे—१० का केशव दुलाल र सागर राई रहेका छन् । राई १० नं. वडाका पूर्ब वडा अध्यक्ष हुन भने दुलाल सुजता कोइरालाको पूर्ब स्वकीय सचिव हुन् । 
    पक्राउ परेका व्यक्तिहरुलाई संगठित अपराध र ठगी कसुर विरुद्ध कारबाही चलिरहेको छ । उनीहरु विरुद्ध राज्य विरुद्ध र किर्ते सम्बन्धी पनि मुद्धा चलाउन सकिने राज्य पक्षको तयारीरहेको छ । 
    सक्कली भुटानी शरणार्थीहरुको आयोजनामा सोमबार नक्कली भुटानी शरणार्थी काण्डमा संलग्न अपराधीलाई कडा कारबारीको माग गर्दै विरोध प्रदर्शन गरेका हुन् । 
    शरणार्थी शिविरमा स्थापित युवाहरुको संस्था युथ फ्रेण्ली सेन्टर (वाई.एफ.सी.)को आयोजनामा भएको कार्यक्रममा ‘नक्कली भुटानी शरणार्थी काण्डमा संलग्न सबै अपराधीलाई—कारबारी गर’ लगायतका नारा  जुलुस प्रदर्शन भएको थियो ।
    ¥यालीले शिविर परिक्रमा पछिकोण सभामा परिणत भएको थियो । सभामा शरणार्थी युवा राम बानिया, स्थानीय प्रदिपकुमार राई र महिला अभियान्ता शान्ति पाख्रिनले विचार व्यक्त गरेका थिए । बक्ताहरुले नक्कली शरणार्थी बनाउने काण्डमा मुछिएका सम्पूर्णलाई कडा कारबाही गर्नुपर्ने माग गरेका छन् । 
    वक्ताहरुले भुटानी शरणार्थी समस्या समाधान गर्नुपर्ने जोड दिएका थिए । नेपालमा बाँकी रहेका शरणार्थीहरु स्वदेश (भुटान) फिर्ता वा नागरिकता लिएर स्थानीय स्तरमा सेटलमेन्ट गर्नुपर्ने माग गर्दै आएका छन् । 

     

सम्वन्धित समाचार

मोरङ । पुरस्कार वितरण तथा सांस्कृतिक मनोरञ्जनात्मक कार्यक्रमको आयोजना गरि मोरङ पथरीशनिश्चरे—९ स्थित प्…

मोरङ । नेपाल बुद्धिचाल संघ पथरीशनिश्चरे नगर समितिद्वारा आयोजित दोस्रो पथरीशनिश्चरे बुद्धिचाल समूह प्रतियोग…

मोरङ । मोरङको पथरीशनिश्चरे नगरमा ‘सातौँ राष्ट्रपति रनिङ शिल्ड खेलकुद प्रतियोगिता—२०८२’…

मोरङ । मोरङको पथरीशनिश्चरे नगरमा जारी ‘सातौँ राष्ट्रपति रनिङ शिल्ड खेलकुद प्रतियोगिता—२०८२&r…