• मोरङ । मोरङको पथरीशनिश्चरे नगर स्थित पथरी बहुमुखी क्याम्पस सञ्चालक समितिको सदस्यमा बिन्दु राई र बेदनिधि खनाल चयन भएका छन् । 
    आज भएको सञ्चालक समितिको बैठकले राई र खनाललाई सदस्य मनोनित गर्ने निर्णय भएको क्याम्पस सञ्चालक समितिको अध्यक्ष रामकुमार बस्नेतले बताए । बेदनिधि खनाल पथरीशनिश्चरे नगरमा स्थापित एभरेष्ट बोर्डिङ स्कुलमा लामो समयदेखि शिक्षण पेशामा आबद्ध शिक्षक तथा राजनीतिक सामाजिक ब्यक्ति हुन् । विन्दु राई गएको स्थानीय निर्वाचनमा पथरीशनिश्चरे नगरमा उप प्रमुखको उमेद्वार हुन् । 
    त्यसैगरी पथरीशनिश्चरे नगरको निवर्तमान नगर प्रमुख दिलिपकुमार राईको संयोजकत्वमा पाँच सदस्यीय सल्लाहकार समिति चयन भएको छ । समितिको सदस्यहरुमा निवर्तमान उपप्रमुख यमुना बिष्ट, परशुराम कार्की, शिव तिम्सिना र रुपनारायण भट्टराई रहेको पाँच सदस्यीय सल्लाहकार समिति चयन गरिएको अध्यक्ष रामकुमार बस्नेतले जनकारी दिए । पथरी बहुमुखी क्याम्पसको १५ औं क्याम्पस सभा बैशाख २२ गते हुदैछ । 
     

सम्वन्धित समाचार

मोरङ । मोरङको पथरीमा सुशिला कन्दङ्वा मेमोरियल पथरीशनिश्चरे चेस (बुद्धिचाल) च्याम्पियनसिप २०८२ सुरु भएको छ…

मोरङ । मोरङको पथरीमा जारी अन्तर्राष्ट्रिय आमन्त्रण दोस्रो पथरीशनिश्चरे गोल्डकप—२०८२ को उपाधिको लागि आय…

मोरङ । मोरङको पथरीशनिश्चरे नगरपाकिाल १ स्थित कन्तुर बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडको २४ औं वार्षिक सा…

मोरङ । लेखक, संकलक तथा खोजकर्ता दीपेन्द्रराज तिम्सिनाको १४ ओै पुस्तक ‘नेपालको बैङ्किङ इतिहास’…