• मोरङ । कोशी प्रदेश नाम खारेजीको आन्दोलनमा रहेको प्रदेश नं. १ पुनः नामकरण संयुक्त संघर्ष समितिले आज (सोमबार) मुख्यमन्त्री र प्रदेश सभालाई १० गतेसम्मको अल्टिमेटम पत्रको स्मरण गराएका छन् । 
    संयुक्त संघर्ष समितिले चैत्र २६ गते सभामुख बाबुराम गौतम र मुख्यमन्त्री हिक्मत कार्कीको कार्यालय पुगेर अल्टिमेटम पत्र बुझाएका थिए । अल्टिमेटम पत्र बैशाख १० गतेसम्मको लागि भएको सो बेलासम्म माग पुरा नभए कडा आन्दोलन थाल्ने संघर्ष समितिले जनाएको छ । 
    सोमबार (बैशाख ४) किरात राई यायोक्खा विराटनगर महानगर समितिको अध्यक्ष विष्णु राई, किरात याक्थुङ चुम्लुङको नगर अध्यक्ष कुमार सुब्बा लगायतको टोली मुख्यमन्त्री र सभामुखको कार्यालय पुगेर अल्टिमेटम पत्र दर्ता गराएर पुनः स्मरण गराएका हुन् । 
    आन्दोलनरत पक्ष शान्तिपूर्ण रुपमा कोशी नाम खारेजीको पक्षमा रहेको अल्टिमेटम पत्रमा उल्लेख छ । सरकार पक्ष आन्दोलनकारीलाई गलाउने, थकाउने, आन्दोलनलाई कम आँकेर दबाउने प्रयास भए जीवन मरणको संघर्ष सुरु हुने अल्टिमेटम पत्रमा उल्लेख छ । 
    अल्टिमेटम पत्रमा किरात राई यायोक्खा केन्द्रीय अध्यक्ष जीवन हाताचो राई, किरात याक्थुङ चुम्लुङको अध्यक्ष प्रेम एक्तेन, नेपाल आदिबासी जनजाति महासंघको अध्यक्ष गेल्जे लामा शेर्पा, पहिचानसहितको प्रदेश नं. १ पुनः नामरण अभियान समितिको अध्यक्ष डकेन्द्रसिंह थेगिम, नेपाल शेर्पा संघको महासचिव लाक्पा शेर्पाको हस्ताक्षर रहेको छ । 
     

सम्वन्धित समाचार

मोरङ । मोरङको पथरीमा सुशिला कन्दङ्वा मेमोरियल पथरीशनिश्चरे चेस (बुद्धिचाल) च्याम्पियनसिप २०८२ सुरु भएको छ…

मोरङ । मोरङको पथरीमा जारी अन्तर्राष्ट्रिय आमन्त्रण दोस्रो पथरीशनिश्चरे गोल्डकप—२०८२ को उपाधिको लागि आय…

मोरङ । मोरङको पथरीशनिश्चरे नगरपाकिाल १ स्थित कन्तुर बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडको २४ औं वार्षिक सा…

मोरङ । लेखक, संकलक तथा खोजकर्ता दीपेन्द्रराज तिम्सिनाको १४ ओै पुस्तक ‘नेपालको बैङ्किङ इतिहास’…