• मोरङ पथरीशनिश्चरे एक घण्टे यातायात बन्द

    मोरङ । कोशी प्रदेश नाम खारेजी र लाजेहाङ हत्या विरुद्ध शनिबार बिभिन्न स्थानमा एक घण्टा सडक जाम तथा विरोध सभा समापन भएको छ ।
    प्रदेश नं. १ पुनः नामाङ्कन संयुक्त संघर्ष समितिको आयोजनामा सुक्रबार १४ जिल्लामा अपरान्ह १ बजेदेखि एक घण्टा यातायात बन्दको कार्यक्रम आयोजना गरेका थिए । 
    बन्द सफल पार्न मोरङको पथरीशनिश्चरेमा विभिन्न संगठनहरुको झण्डा र ब्यानरसहित आन्दोलनकारी सडकमा उत्रिएका थिए । सडक जाम गर्नुको साथै भुटानी शरणार्थी शिविरमा नजिकै टायर जलाएका थिए । 
    सडक जामपछि कोशी प्रदेश नाम—मान्दैनौ, सहिद लाजेहाङ—अमररहुन, हत्यारा हिक्मत कार्की—मुर्दावाद, सम्पूर्ण प्रदेशबासी—एक होऔ लगायतका नारासहित बजार परिक्रम गरेका थिए । 
    ¥यालीपछि आयोजित कोणसभामा किरात राई यायोक्खा केन्द्रीय उपाध्यक्ष तिलकप्रसाद राई, किराती राष्ट्रिय मुक्ति मोर्चाको केन्द्रीय महासचिब अर्जुन किराती, जनता समाजवादी पार्टी सम्बद्ध लिम्बुवान राष्ट्रिय समितिको मुख्यसचिव केदार धिमाल, संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चका पूर्ब मोरङ जिल्ला अध्यक्ष दिलु लिङ्देनले सम्बोधन गरेका थिए । 
    बन्द सफल पार्न किरात मोर्चाको महासचिव तेन्धोङहाङ्ग किराती, किरात राई यायोक्खा केन्द्रीय सदस्य नरहाङ राई, जिल्ला अध्यक्ष केदार राई, किरात धर्म तथा सहित्य उत्थान संघको दुर्गा लावती, किरात याक्थुङ चुम्लुङ जिल्ला अध्यक्ष डम्बर कुरुङ्बाङ, गीतकार गणेश थक्लुङ, स्थानीय समाजसेवी कमल हाङ्बाङ्ग लगायतको करिव तीन सयको सहभागिता रहेको थियो । कार्यक्रम फोनिज १ नं. प्रदेश समितिको पूर्ब उपाध्यक्ष फिपराज बेघाले सञ्चालन गरेका थिए । 
    सडक जाम झापाको दमक, विर्तामोड, सुनसरीको इटहरी, धरान लगायत १४ जिल्लामै १ घण्टा सडक जाम तथा विरोध सभा भएको छ । सरकारले बेवास्ता गरेर अझ कडा आन्दोलन घोषणा हुने संयुक्त संघर्ष समितिले जनाएको छ । 
    प्रदेश नं. १ पुनः नामकरण संयुक्त संघर्ष समितिले कोशी नाम खारेजी गर्नुपर्ने, ५ गते विराटनगर प्रदर्शनको झडपमा परी निधन भएका पदमबहादुर लिम्बू (लाजेहाङ)लाई सहिद घोषणा गर्नुपर्ने, क्षतिपूर्ति दिनुपर्ने, छानविन गरी कुटपिटमा संलग्नलाई कारबाही गर्नुपर्ने माग राख्दै आएको छ । 
     

सम्वन्धित समाचार

मोरङ । परिआएको खण्डमा नेपालमा फेरि हतियार उठ्न सक्ने प्रदेश नं. १ का पूर्व मुख्यमन्त्री राजेन्द्र राईले चेताव…

मोरङ । मोरङको पथरीशनिश्चरे—२ लिचिडाँडामा नाट्याशाला निर्माणहुने भएको छ ।  शब्द थिएटरको लगाय…

मोरङ । नेकपा (एमाले) पूर्व प्रदेश समिति दसस्य तथा वर्तमान सल्लाहकार समिति सदस्य पर्शु मिश्रले पार्टी परित्याग…

मोरङ । निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन नेपाल (प्याब्सन) पथरीशनिश्चरे नगर समितिको दोस्रो परिषद भेला स…