• मोरङ । कोशी प्रदेश नाम विरुद्धको प्रदर्शनमा पदमबहादुर लिम्बू (लाजेहाङ)को हत्याको विरुद्धमा सुक्रबार मोरङको पथरीशनिश्चरे र बेलबारीमा टायर बालेर विरोध प्रदर्शन तथा सभा भएको छ  । 
    पथरीको जाँते मोडमा भएको विरोध सभामा आन्दोलनकारीहरुले ‘हत्यारा मुख्यमन्त्री हिक्मत कार्की—राजिनामा दे’, कोशी प्रदेश नाम—मान्दैनौ लगायतको नारा जुलुस लगाएका थिए । 
    प्रदर्शनकारीहरुले सभामा कोशी नाम लेखिएको पेपर जलाएका थिए । किरात राई यायोक्खा केन्द्रीय सदस्य नरहाङ राई, मोरङ जिल्ला अध्यक्ष केदार राई, लिम्बु विद्यार्थी मञ्चका पूर्ब केन्द्रीय अध्यक्ष फिपराज बेघा, किरात धर्म तथा साहित्य उत्थान संघका दुर्गा लावती, संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चको पूर्ब जिल्ला अध्यक्ष दिलु लावती, किरात याक्थुङ चुम्लुङका पथरीशनिश्चरे नगर अध्यक्ष बिक्रम लिम्बू लगायतको नेताहरुको उपस्थिति रहेको थियो । 
    विरोध सभालाई किरात मोर्चाको केन्द्रीय महासचिव तेन्धोङहाङ किरातीले सम्बोधन गरेका थिए । किरातीले तुरुन्त कोशी नाम खारेजी नभए सांस्कृतिक विद्रोह हुने चेतावनी दिएका थिए । 
    त्यसैगरी आजै बेलबारीमा टायर बालेर विरोध प्रदर्शन र सभा समापन भएको छ । कार्यक्रममा जनता समाजवादी पार्टीको लिम्बुवान राष्ट्रिय समितिको मुख्य सचिव केदार धिमाल, किरात राई यायोक्खा केन्द्रीय उपमहासचिव अर्जुन जम्नेली राई, संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चका पूर्ब जिल्ला अध्यक्ष दिलु लावती, नेपाल आदिबासी जनजाति अभियान्ता मनकुमार गुरुङ, स्वतन्त्र नागरिकको तर्फबाट शेरु साम्बाले सम्बोधन गरेका थिए । बक्ताहरुले कोशी प्रदेश नाम तुरुन्त खारेजी नभए बिद्रोह मार्फट छुट्टै देशको अभ्यासको स्थिति आउनसक्ने चेतावनी दिए । कार्यक्रम मात्रिका धिमालले सञ्चालन गरेका थिए । 

    प्रहरीको पिटाइबाट पदमबहादुर लिम्बू (लाजेहाङ)को मृत्यु भएपछि आक्रोशित १ नं. प्रदेशमा भोली ११ गते १ बजेदेखि एक घण्टा सडक जामको कार्यक्रम घोषणा भएको छ । मुख्यमन्त्री हिक्मत कार्कीको मुख्य योजनामा छापामार शैलीमा कोशी नाम राखिएपछि नेपाल आदिबासी जनजाति महासंघ, किरात राई यायोक्खा, किरात याक्थुङ चुम्लुङ, किरात धर्म तथा साहित्य उत्थान संघ, नेपाल शेर्पा संघ, संलोराम, जसपा, नेकपा (एस)को साथै एमाले, कांग्रेस, माओवादी केन्द्रका नेता कार्यकर्ताहरु पनि आन्दोलनलाई समर्थन गर्दै आएका छन् । प्रदेश सरकारका मुख्यमन्त्री हिक्मत कार्की समाधान खोज्ने भन्दा आन्दोलन कारीहरुलाई आक्रोशित गर्ने प्रयास गरेपछि आन्दोलन झनै आक्रमक हुने स्थिति देखिएको छ ।

     

सम्वन्धित समाचार

मोरङ । पुरस्कार वितरण तथा सांस्कृतिक मनोरञ्जनात्मक कार्यक्रमको आयोजना गरि मोरङ पथरीशनिश्चरे—९ स्थित प्…

मोरङ । नेपाल बुद्धिचाल संघ पथरीशनिश्चरे नगर समितिद्वारा आयोजित दोस्रो पथरीशनिश्चरे बुद्धिचाल समूह प्रतियोग…

मोरङ । मोरङको पथरीशनिश्चरे नगरमा ‘सातौँ राष्ट्रपति रनिङ शिल्ड खेलकुद प्रतियोगिता—२०८२’…

मोरङ । मोरङको पथरीशनिश्चरे नगरमा जारी ‘सातौँ राष्ट्रपति रनिङ शिल्ड खेलकुद प्रतियोगिता—२०८२&r…