• मोरङ । प्रदेश नं. १ पुनः नामाङ्कन संयुक्त सङ्घर्ष समितिले सरकारी तथा गैर सरकारी कार्यालयहरुलाई कोशीको साइनबोर्ड नराख्न र लेटरप्याड नचलाउन अनुरोध गर्ने र अटेर गरे जलाउने लगायतको नयाँ कार्यक्रम सार्वजनिक गरेको छ । 
    चैत्र ५ गतेको बिराटनगर जनप्रदर्शन सफल भएको समीक्षा गर्दै नयाँ कार्यक्रम सार्वजनिक गरेको हो । बिराटनगर प्रदर्शनको समीक्षा ६ गते इटहरीमा भएको थियो । इटहरी बैठकले गरेको निर्णय सार्वजकि गर्दै बुधबार (चैत्र ८) प्रेस बिज्ञप्ति जारी गर्दै नयाँ कार्यक्रम सार्बजनिक गरेको हो । 
    सरकारी निकायहरु, व्यवसायी (होटल, रेस्टुरेन्ट, विद्यालय, क्याम्पस, सवारी साधन), गैर सरकारी संस्था लगायत सबैले कोशीको लेटरप्याड, बोर्ड लगायतमा कोशी प्रदेश नलेख्न र लेखिएको भए मेट्न पत्र पठाउने र अटेर गरे जलाइदिने उल्लेख छ ।  
    प्रदेशको नाम कोशीमा मत हाल्ने ८२ प्रदेश सांसद र मन्त्रीहरुको विरोध तथा बहिष्कार स्वरुप कालो झण्डा प्रदर्शन गर्ने, कार्यालयहरुमा तालाबन्दी र कालो झन्डा रोप्ने, कोशी नाम खारेजी सम्बन्धी साहित्यिक र सांस्कृतिक कार्यक्रम चलाउने लगायतको पूर्व घोषित कार्यक्रमहरुलाई निरन्तरता दिने उल्लेख छ । 
    चैत १० गते ताप्लेजुङबाट गाउँ÷सहर जागरण मार्च अभियान सञ्चालन हुने । अभियानसँग मिडिया अभियान, भौतिक रुपमा १४ सिल्लाको साथै चार वटा क्षेत्रीय र अनलाइन सभाहरु गर्ने, काठमाडौँमा मोटरसाइकल जुलुसहरु हुने भएको छ । 
    राजनीतिक दल, थातथलो खुलेका र नखुलेका आदिवासी जनजाति लगायतका समुदाय एवम् प्रदेश १ का जनताहरुसँग समन्वय र छलफल गर्दै, प्रदेश नं. १ सभा घेराउ, अवरोध साथै आन्दोलनलाई निर्णायक बनाउदै लगिने प्रेस बिज्ञप्तिमा उल्लेख छ । 
    बिज्ञप्तिमा किरात याक्थुङ चुम्लुङ केन्द्रीय अध्यक्ष प्रेम एक्तेन, किरात राई यायोक्खा सहअध्यक्ष ज्ञानबहादुर राई, किरात धर्म तथा साहित्य उत्थान संघको अध्यक्ष डकेन्द्रसिंह थेगिम, नेपाल शेर्पा संघ तथा नेपाल आदिबासी जनजाति महासंघ केन्द्रीय अध्यक्ष गेल्जे लामा शेर्पाद्वारा हस्ताक्षर गरिएको छ । 
    २०७९ फागुन १७ गते प्रदेश नम्बर १ को नाम पहिचानलाई नामेट पार्दै षड्यन्त्रपूर्वक छलकपटपूर्ण एवम् छापामार शैलीमा ‘कोशी’ प्रदेश नाम राखिएपछि पूर्बी पहाडि जिल्लामा रहेका राजनीतिक तथा सामाजिक संगठनहरु आन्दोलनमा रहेका छन् ।
    प्रदेश नं. १ पुनः नामाङ्कन संयुक्त सङ्घर्ष समितिको आयोजनामा फागुन २७ गते साँग मशाल जुलुस, २८ गते प्रदेशमा आमहड्ताल, चैत्र ५ गते बिराटनगरमा बृहत जनप्रदर्शन गरेको थियो । जनप्रदर्शनको दिन आन्दोलनकारीले प्रदेश सरकारले लगाएको तीन सय मिटरको निषेधाज्ञा तोड्नै मुख्यमन्त्रीको गेट छेउमा पुगेको थियो । प्रहरीसँगको झडपमा १५ भन्दा बढी आन्दोलनकारी र दुई जना प्रहरी घाइते भएका थिए । 
    चैत्र ६ गते किरात राई यायोक्खा र नेपाल आदिबासी जनजाति महासंघको आयोजनामा मुख्यमन्त्री हिक्मत कार्कीको गाडि तोडफोड, कालो झण्डा प्रदर्शनको साथै झण्डा खोसेको थियो । ७ गते माओवादी केन्द्रको संसदीय दलका नेता चढेको गाडिलाई ताप्लेजुङ्मा आक्रमण भएको थियो । आन्दोलनकारीले इलाम, झापा र मोरङको बिभिन्न पालिकाहरुमा तालाबन्दी गरेको छ । 
     

सम्वन्धित समाचार

मोरङ । मोरङको पथरीशनिश्चरे—१ मा स्थापित आरती बहुउद्देश्यीय सहकारी संस्थाले नियम संगत तरिकाले &lsqu…

मोरङ । मोरङको पथरीशनिश्चरे—२ मा स्थापित वाल्मीकि मेमोरियल बोडिङ स्कुलले शनिबार नगरमा नयाँ कामको स…

मोरङ । मोरङको पथरीशनिश्चरे नगरमा भएको प्रतियोगितामा गायनमा राज लोहार र नृत्यतर्फ गरिमा मगरले प्रथम पथरीश…

मोरङ । मोरङको कानेपोखरी गाउँपालिकामा सम्पन्न १० औं राष्ट्रिय सिएच आईटिएफ तेक्वान्दो च्यामपियनसिको उपाधी बा…