• मोरङ । कोशी प्रदेश नाम खारेजी विरुद्ध ‘पहिचानको लागि सडक साहित्य यात्रा—२०७९’ मोरङको विराटनगर स्थित १ नं. प्रदेश सभाको गेट नजिकैबाट सुरु भएको छ ।
    किरात राई लेखक संघ, थाक्थुङ लेखक संघ केन्द्रीय समिति, किरात अन्तर्राष्ट्रिय सांस्कृतिक अभियानको संयुक्त अयोजनामा आज (चैत्र २)बाट ‘पहिचानको लागि सडक साहित्य यात्रा—२०७९’ सुरु भएको हो ।
    आज अपरान्ह करिव १ बजे प्रदेश सभाको गेटछेउमा जनकऋषी राईले कबिता वाचन गर्ने क्रममा प्रहरीले धरपकड गरेका थिए । जिल्ला प्रहरी कार्यालय मोरङका डीएसपीको नेतृत्वमा आएको टोलीले राईसँगै साहित्यकार सञ्जय याक्खालाई समेत नियन्त्रणमा लिएको थियो । 
    अभियानमा आएका दुई जनालाई प्रहरीले नियान्त्रणमा लिएपनि भद्रगोल किराती, सेलिङ केसी, बिराट किराती, सुशिला निमाम, सान्सेङ पन्धाक, बलिराज खम्बू लगायतले कोशी प्रदेश खारेजी बारे लेखिएको कबिता लगायतका रचना वाचन गरेका थिए । बलिराज खम्बू किरात राई लेखक संघको केन्द्रीय अध्यक्ष हुन भने सान्सेङ पन्धाक थाक्थुङ लेखक संघ केन्द्रीय समितिको कोषाध्यक्ष हुन् । 
    बिराटनगर पश्चात आजै सुनसरीको इटहरीमा समेत कार्यक्रम भएको अभियान टोलीमा रहेका भद्रगोल किरातीले बताए । 
    ‘इतिहास र सभ्यताको सम्मान, पहिचानसहितको नामकरण, कोशी नाम खारेज गर, पहिचान विरोधी होसियार’ भन्ने मूल नाराको साथ सुरु भएको कार्यक्रम प्रदेश १ को १४ जिल्लाकै जिल्ला प्रशासन कार्यालयको गेटमा हुने किरात प्रज्ञा परिषद सदस्यसमेत रहेका अभियान्ता भद्रगोल किरातीले बताए । 
    हिक्मत कार्कीको नेतृत्वमा रहेको सरकारको योजनामा फागुन १७ गते छापामार शैलीमा प्रदेशको नाम कोशी राखिएपछि, सडक जाम, स्थानीय सरकारको कार्यालय ताला लगाउने, कालो झण्डा गाड्ने, मसाल जुलुस, हड्ताल जस्ता विरोध कार्यक्रम प्रदेशभर चलिरहेको छ । चैत्र ५ गते प्रदेश १ पुनः नामकरण संयुक्त संघर्ष समितिको आयोजनामा प्रदर्शन गर्ने कार्यक्रम सार्वजनिक भएको छ ।
    शान्तिपूर्ण आन्दोलनमा लेखक तथा पत्रकारहरुको कार्यक्रममा प्रहरी प्रशासनले हस्तक्षेप गरिएको प्रति प्रदेश नंं. १ पुनः नामाङ्कन संयुक्त संघर्ष समिति खेद व्यक्त गरेको छ । पक्राउ परेको केही बेरमा किरात याक्थुङ  चुम्लुङका अध्यक्ष प्रेम येक्तेन, किरात राई यायोक्खा सहअध्यक्ष ज्ञानबहादुर राई, पहिचानसहितको प्रदेश नं. १ पुनः नामकरण समितिको अध्यक्ष डकेन्द्रसिंह थेगिम, नेपाल शेर्पा सङ्घको अध्यक्ष ग्याल्जे शेर्पाद्वारा हस्ताक्षरित विज्ञप्तिमा पक्राउ परेका दुवै जनालाई निसर्त रिहाइ गर्न माग गरिएको थियो ।

    ‘शान्तिपूर्ण आन्दोलनमा सहभागी आन्दोलनकारीहरुलाई प्रहरी प्रशासनले गरेको यसखाले धरपकट प्रति घोर भत्सर्ना गर्दै पक्राउ परेकाहरुलाई बिनासर्त तुरुन्तै रिहाइ गर्न सम्बन्धित सरोकारवाला निकायमा माग गर्दछौँ, अन्यथा यसबाट उत्पन्न हुने सम्पूर्ण परिस्थितिको जिम्मा सरकार र सरोकारवाला निकायले लिनुपर्ने जानकारी गराउँदछौँ ।’ विज्ञप्तिमा उल्लेख छ । यसैगरी किरात राई यायोक्खा केन्द्रीय अध्यक्ष जीवन हाताचो राईले शान्तिपूर्ण आन्दोलनमा प्रहरी हस्तक्षेप भए आन्दोलन अझ कडा हुने चेतावनी दिएका छन् । 
     

सम्वन्धित समाचार

काठमाडौं ।  काठमाडौंमा अनिश्चितकालीन कर्फ्यू आदेश जारी भएको छ । मंगलबार बिहान साढे ८ बजेदेखि लागू…

मोरङ । थारु महिलाहरुले मनाउने जितिया चाड विभिन्न मनोरञ्जन तथा शुभकामना आदानप्रदान गर्दै आज भव्य रुपले सम…

मोरङ । पथरीमा फुटबल रंगशाला निर्माण गर्ने लगायतको प्रस्तावहरु पारित गर्दै मोरङको पथरीशनिश्चरेमा स्थापित शा…

पथरी । एभरेष्ट अंग्रेजी बोडिङ स्कुल मोरङको पथरी शनिश्चरे नगर स्तरीय अन्तर विद्यालय हिज्जे प्रतियोगितामा प्रथम…