• मोरङं । मोरङको पथरीशनिश्चरे १ बजार भित्र अबैधानिक रुपमा ढालिएको रुखको काठ बरामद गरेपनि वन कार्यालय बेवारिस बनाउन लागेको बुझिएको छ ।
    पथरीशनिश्चरे १ स्थित तमु बौद्ध गुम्बा भित्र दुई वटा टिक जातिको रुख ढालेर टुना पारिएको थियो । सव डिभिजन वन कार्यालयले बुधबार काठ दाउरा उठाएर ल्याएको छ ।
    पाँच फिट भन्दा बढी गोलाई भएको टिकको रुख चेन सो (रुख काट्ने मिसिन)ले ढालेर १२ वटा टुक्रा बनाएको अवस्थामा फेला परेको थियो । बौद्ध गुम्बा बजार(घरहरु)को पूर्बमा पर्दछ । काठ ९३ किबी रहेको सब डिभिजन वन कार्यालय पथरीले जनाएको छ । रुख ढाल्ने व्यक्तिहरु भने पत्ता नलागेको वन डिभिजन कार्यालयको प्रमुख दिवस चौधरीको भनाइ छ । 
    बजार भित्र मेसिन लगाएर रुख ढालिएको कारण वन कार्यालय लाग्दा व्यक्तिहरु पत्ता लाग्ने भएपनि बेवारिस बनाउन तिर लागेको स्थानीय एक व्यक्तिले बताए । तमु बौद्ध गुम्बा भित्र केही बर्ष अघि पनि यसै गरी सखुवाको रुख ढालिएको र बेवारिस बनाइएको थियो । 
     

सम्वन्धित समाचार

मोरङ । परिआएको खण्डमा नेपालमा फेरि हतियार उठ्न सक्ने प्रदेश नं. १ का पूर्व मुख्यमन्त्री राजेन्द्र राईले चेताव…

मोरङ । मोरङको पथरीशनिश्चरे—२ लिचिडाँडामा नाट्याशाला निर्माणहुने भएको छ ।  शब्द थिएटरको लगाय…

मोरङ । नेकपा (एमाले) पूर्व प्रदेश समिति दसस्य तथा वर्तमान सल्लाहकार समिति सदस्य पर्शु मिश्रले पार्टी परित्याग…

मोरङ । निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन नेपाल (प्याब्सन) पथरीशनिश्चरे नगर समितिको दोस्रो परिषद भेला स…