• मोरङ । नेकपा (एमाले) सम्बद्ध युवाहरुको संगठन राष्ट्रिय युवा संघ पथरीशनिश्चरे नगर समिति (मोरङ)को तेस्रो अधिवेशनले उपेन्द्र मादेन लिम्बूको अध्यक्षतामा ३१ सदस्यीय नगर समिति चयन गरेको छ । 
    शनिबार भएको अधिवेशनले तीन उपाध्यक्षहरुमा मनोज कार्की, शेरबहादुर लिम्बू गोबिन गुरुङ, सचिवमा रबिन कार्की, तीन सहसचिवहरुमा अर्जुन बुढाथोकी, अनुप थापा, महेश नायक र कोषाध्यक्षमा प्रमिला कटुवाल सर्वसहमत चयन भएका छन् ।
    सदस्यहरुमा नगेन्द्र घिमिरे, काजी राई, बिनोद लावती, अरुण घले, जय तामाङ, नितु लिम्बू, उज्वल लिम्बू, प्रमिसा धिमाल, जिसन कंडेल, भानु लिम्बू, रुपेश राई, मनिकुमार राई रहेका छन् ।
    त्यसैगरी पदम खजुम, उमेश मुखिया, अमिर कार्की, निता कार्की, प्रेम तामाङ, विक्रम तामाङ, रामकुमार इङ्नाम, करण मगर, सिर्जना तामाङ सदस्य चयन भएका छन् । 
    संघको केन्द्रीय उपमहासचिव तथा कोशी इन्चार्जसमेत रहेका बिजय डाँगीको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा एमाले मोरङ जिल्ला सदस्य भगतचन्द्र थपलिया, नगर अध्यक्ष रमेश दाहाल लगायतको उपस्थितिमा अधिवेशन समापन भएको थियो । कार्यक्रम सम्मेलन आयोजक समितिको संयोजक तथा पूर्ब अध्यक्ष किशन चाम्लिङ राईको सभापतित्वमा भएको थियो । कार्यक्रम काशिकाङ राईले सञ्चालन गरेका थिए । 
     

सम्वन्धित समाचार

मोरङ । परिआएको खण्डमा नेपालमा फेरि हतियार उठ्न सक्ने प्रदेश नं. १ का पूर्व मुख्यमन्त्री राजेन्द्र राईले चेताव…

मोरङ । मोरङको पथरीशनिश्चरे—२ लिचिडाँडामा नाट्याशाला निर्माणहुने भएको छ ।  शब्द थिएटरको लगाय…

मोरङ । नेकपा (एमाले) पूर्व प्रदेश समिति दसस्य तथा वर्तमान सल्लाहकार समिति सदस्य पर्शु मिश्रले पार्टी परित्याग…

मोरङ । निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन नेपाल (प्याब्सन) पथरीशनिश्चरे नगर समितिको दोस्रो परिषद भेला स…