• मोरङ । कोशी प्रदेशको नामको पक्षमा भोट लगाउने १ नं. प्रदेश सांसदहरु पद र प्रतिष्ठाको लोभमा आफ्नै बाउको गुप्ताङ छेदन गरेको आदिबासी जनजाति पत्रकारहरुले बताएका छन् । 
    नेपाल आदिबासी जनजाति पत्रकार महासंघ (फोनिज) मोरङको शनिबार बेलबारीमा आयोजित जिल्ला भेलामा बोल्दै १ नं. प्रदेश समितिको निवर्तमान अध्यक्ष अर्जुन जम्नेली राईले प्रदेश सांसदहरुले कोशी प्रदेशमा भोट दिनु आफ्नै पिताको गुप्ताङ्ग छेदन सरह भएको बताए । 
    जनताले जिताएर पठाएका प्रतिनिधिहरुले प्रदेशको नाममा समान्य विवेक प्रयोग नगरी मालिकले आफ्नै आमालाई बलत्कार गर्न उक्साउदा तयार पर्नु अत्यान्त दुःख लाग्दो बिषय भएको बताए । कोशी प्रदेश खारिज भएरै छाड्ने तर्फ प्रस्तुत गर्दै निवर्तमान अध्यक्ष अर्जुन जम्नेली राईले कोशी नाममा दिएको समर्थन फिर्ता लिएर सच्चिन प्रदेश सांसदहरुलाई आनुरोध गरे । 
    प्रदेशबासीहरुले प्रदेशको नाम ‘किरात लिम्बुवान कोचिला’ चाहेको तर्क गर्दै कोशी नाम नसच्चिए विस्तारै आगो लाग्ने चेतावनी दिए । एकले अर्काको सम्मान र सह अस्तित्व कायम गर्नुपर्नेमा एउटा पक्षलाई सिध्याएर हिक्मत कार्की नेतृत्वको प्रदेश सरकार आफैले आन्दोलन र अशान्ति चाहेको बताए । 
    फोनिज जिल्ला अध्यक्ष दिवेश सुब्बाको सभापतित्वमा भएको कार्यक्रमको प्रमुख अतिथि फोनिज केन्द्रीय उपाध्यक्ष कमन देवान, प्रदेश ईन्चार्ज भक्तशेर लिम्बू, केन्द्रीय सदस्यद्वय देवेन्द्र खापुङ, सुजता लिम्बू, प्रदेश कोषाध्यक्ष प्रेम देवान लगायतले बोलेका थिए । कार्यक्रम मोरङ जिल्ला सचिव अनिल श्रेष्ठले सञ्चालन गरेका थिए । 
    कार्यक्रमपछि फोनिजमा आबद्ध पत्रकारहरुले कोशी प्रदेश खारिज गर, किरात लिम्बुवान कोचिला प्रदेश घोषणा गर लगायतको प्लेकार्ड, ब्यानरसहित पूर्वपश्चिम मुख्य सडकमा नारा जुलुस गरेका थिए । कोशी प्रदेश विरुद्ध मोरङको पथरीशनिश्चरे र सुनसरीको इटहरीमा समेत प्रदर्शन भएको थियो । 
     

सम्वन्धित समाचार

मोरङ । पुरस्कार वितरण तथा सांस्कृतिक मनोरञ्जनात्मक कार्यक्रमको आयोजना गरि मोरङ पथरीशनिश्चरे—९ स्थित प्…

मोरङ । नेपाल बुद्धिचाल संघ पथरीशनिश्चरे नगर समितिद्वारा आयोजित दोस्रो पथरीशनिश्चरे बुद्धिचाल समूह प्रतियोग…

मोरङ । मोरङको पथरीशनिश्चरे नगरमा ‘सातौँ राष्ट्रपति रनिङ शिल्ड खेलकुद प्रतियोगिता—२०८२’…

मोरङ । मोरङको पथरीशनिश्चरे नगरमा जारी ‘सातौँ राष्ट्रपति रनिङ शिल्ड खेलकुद प्रतियोगिता—२०८२&r…