• मोरङ । स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु)को निर्वाचनको लागि दल (संगठन) दर्ताको बिषयलाई लिएर मोरङको पथरीशनिश्चरे–१ स्थित पथरी बहुमुखी क्याम्पसमा लफडा भएको कारण आज दर्ता भएन ।
    चैत्र ५ गते हुने स्ववियु निर्वाचनको लागि त्रिभुवन विश्व विद्यालयलको सर्कुलर अनुसार आज (फागुन—१९) गते संग÷संगठन (दल) दर्ता गर्नुपर्ने थियो ।
    पथरी बहुमुखी क्याम्पसमा कांग्रेस सम्बद्ध नेपाल विद्यार्थी संघ (नेवि संघ) र एमाले निकट अनेरास्ववियुको विद्यार्थीवीच लफडा भएपछि आज दल दर्ता भएन् । 
    विहान करिव ८ बजे नेवि संघ र अनेरास्ववियु कुन पहिला दर्ता गर्ने भन्ने बिषयमा लफडा भएपछि आज (सुक्रबार) दल दर्ता हुन नसकेको हो । संघको तर्फबाट केशर राईको नेतृत्व र एमाले अखिलको तर्फबाट रोशन कटुवालको नेतृत्वमा संगठन दर्ताको लागि क्याम्पस पुगेका थिए । 
    निर्वाचन समितिले संगठन दर्ताको लागि ढोका खोलेपछि नेवि संघ र एमाले अघिल सँगै जस्तो पुगेपनि नेवि संघले निवेदन अघि बुझाउन खोज्दा अखिलले परेबाट दर्ता गर्ने व्यक्तिको हातमा फ्याकि दिएपछि १ नं. मा कुन संगठनहुने भन्ने बिषयमा समस्य भएको बुझिएको छ । 
    यो परिस्थितिमा दुबै विद्यार्थी संगठनले आफ्नो दल १ नं.मा दर्ता हुनुपर्ने अडान नछाडेपछि केहीवेर दुई पक्षवीच तनाव भएको थियो । 
    तत्काल दल कस्को १ नं. मा दर्ता गर्ने भन्ने बिषयमा कुरा नमिलेपछि २ बजे बैठक बसेर निर्णय गर्ने भनिएपनि सो बैठकमा पनि कुरा नमिलेपछि आज संगठन दर्ता भएन ।
    दल दर्ता लगायतको बिषयमा क्याम्पस सञ्चालक समितिको उपाध्यक्ष माधव कोइराला, क्याम्पस प्रमुख शान्तिराम तिम्सिना, इलाका प्रहरी कार्यालय पथरीका प्रमुख लक्ष्मीप्रसाद भण्डारी, स्ववियु पूर्ब सभापति गिरिस साँबा, नेवि संघ नगर सभापति केशर राई, एमाले अखिलका रोशन कटुवाल, अखिल क्रान्तिकारीका अभिशेक मगर, कृतिका खनाल, अखिल (समाजवादी)का बैभव भण्डारी, निर्वाचन समितिको संयोजक उपेन्द्र बस्नेत लगायतको उपस्थितिमा बैठक बसेको थियो । 
    सो बैठकले निर्वाचन आचार संहिता बारे छलफल निर्णय गरेपनि कुन संगठन १ नं. मा दर्ता दर्ता हुने भन्ने बिषयमा कुरा नमिलेपछि आज निर्णय हुन नसकेको निर्वाचन समितिको सदस्य रोहित बास्तोलाले जानकारी दिए । 
     

सम्वन्धित समाचार

मोरङ । पुरस्कार वितरण तथा सांस्कृतिक मनोरञ्जनात्मक कार्यक्रमको आयोजना गरि मोरङ पथरीशनिश्चरे—९ स्थित प्…

मोरङ । नेपाल बुद्धिचाल संघ पथरीशनिश्चरे नगर समितिद्वारा आयोजित दोस्रो पथरीशनिश्चरे बुद्धिचाल समूह प्रतियोग…

मोरङ । मोरङको पथरीशनिश्चरे नगरमा ‘सातौँ राष्ट्रपति रनिङ शिल्ड खेलकुद प्रतियोगिता—२०८२’…

मोरङ । मोरङको पथरीशनिश्चरे नगरमा जारी ‘सातौँ राष्ट्रपति रनिङ शिल्ड खेलकुद प्रतियोगिता—२०८२&r…