• बेपत्ता किशोरीहरु

    मोरङ/ मोरङको पथरीशनिश्चरे-१ बाट तीन जना किशोरीहरु बेपत्ता भएका छन ।

    किशोरीहरु ५ दिन (फागुन ८) देखि हराइरहेको परिवारले जानकारी दिएको छ।

    पथरीको मोरङ हस्पिटल छेउ डेरा गरी बस्ने शिवजी साहकी  १९ वर्षिय छोरी रेनुका साहा, हनुमान चोकका सरोज चौधरीकी १६ बर्षिय सलिना चौधरी र रत्न चोकका दिपक धिमालकी १८ वर्षकि छोरी नर्वदा धिमाल बेपत्ता भएका हुन ।

    हराएकी मध्ये चौधरी र धिमाल स्थानीय पञ्चयत नमुना माविको कक्षा ९ मा अध्ययनरत रहेक बताइएको छ । फागुन ८ गते करिब १० बजे स्कूल ड्रेसमा  निस्किएका किशोरीहरु हालसम्म घर नफर्किएको सलिनाका बुबा सरोज चौधरीले बताए । रेनुका साहाले करिब ७० हजार नगद समेत लिएर हिडेको उनका बाबू शिवजी साहाले बताए ।

     मलेसिया बस्छु भन्ने सागर नाम गरेको केटाले म्यासेज तथा भिडियो कल गर्ने गरेको एक अभिभावकले जानकारी दिए । 
    हराको बेलुकाबाट खोजी गर्दा फेला नपरेपछि 
    थप खोजीको लागि विराटनगरको माइती नेपाल र  ईलाका प्रहरी कार्यालय पथरीमा समेत जानकारी दिइएको बिनाका बुबा सरोज चौधरीले जनाएका छन् ।

सम्वन्धित समाचार

मोरङ । पुरस्कार वितरण तथा सांस्कृतिक मनोरञ्जनात्मक कार्यक्रमको आयोजना गरि मोरङ पथरीशनिश्चरे—९ स्थित प्…

मोरङ । नेपाल बुद्धिचाल संघ पथरीशनिश्चरे नगर समितिद्वारा आयोजित दोस्रो पथरीशनिश्चरे बुद्धिचाल समूह प्रतियोग…

मोरङ । मोरङको पथरीशनिश्चरे नगरमा ‘सातौँ राष्ट्रपति रनिङ शिल्ड खेलकुद प्रतियोगिता—२०८२’…

मोरङ । मोरङको पथरीशनिश्चरे नगरमा जारी ‘सातौँ राष्ट्रपति रनिङ शिल्ड खेलकुद प्रतियोगिता—२०८२&r…