• बेपत्ता किशोरीहरु

    मोरङ/ मोरङको पथरीशनिश्चरे-१ बाट तीन जना किशोरीहरु बेपत्ता भएका छन ।

    किशोरीहरु ५ दिन (फागुन ८) देखि हराइरहेको परिवारले जानकारी दिएको छ।

    पथरीको मोरङ हस्पिटल छेउ डेरा गरी बस्ने शिवजी साहकी  १९ वर्षिय छोरी रेनुका साहा, हनुमान चोकका सरोज चौधरीकी १६ बर्षिय सलिना चौधरी र रत्न चोकका दिपक धिमालकी १८ वर्षकि छोरी नर्वदा धिमाल बेपत्ता भएका हुन ।

    हराएकी मध्ये चौधरी र धिमाल स्थानीय पञ्चयत नमुना माविको कक्षा ९ मा अध्ययनरत रहेक बताइएको छ । फागुन ८ गते करिब १० बजे स्कूल ड्रेसमा  निस्किएका किशोरीहरु हालसम्म घर नफर्किएको सलिनाका बुबा सरोज चौधरीले बताए । रेनुका साहाले करिब ७० हजार नगद समेत लिएर हिडेको उनका बाबू शिवजी साहाले बताए ।

     मलेसिया बस्छु भन्ने सागर नाम गरेको केटाले म्यासेज तथा भिडियो कल गर्ने गरेको एक अभिभावकले जानकारी दिए । 
    हराको बेलुकाबाट खोजी गर्दा फेला नपरेपछि 
    थप खोजीको लागि विराटनगरको माइती नेपाल र  ईलाका प्रहरी कार्यालय पथरीमा समेत जानकारी दिइएको बिनाका बुबा सरोज चौधरीले जनाएका छन् ।

सम्वन्धित समाचार

मोरङ । परिआएको खण्डमा नेपालमा फेरि हतियार उठ्न सक्ने प्रदेश नं. १ का पूर्व मुख्यमन्त्री राजेन्द्र राईले चेताव…

मोरङ । मोरङको पथरीशनिश्चरे—२ लिचिडाँडामा नाट्याशाला निर्माणहुने भएको छ ।  शब्द थिएटरको लगाय…

मोरङ । नेकपा (एमाले) पूर्व प्रदेश समिति दसस्य तथा वर्तमान सल्लाहकार समिति सदस्य पर्शु मिश्रले पार्टी परित्याग…

मोरङ । निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन नेपाल (प्याब्सन) पथरीशनिश्चरे नगर समितिको दोस्रो परिषद भेला स…