• मोरङ । नेकपा (एस)को अध्यक्ष माधवकुमर नेपाल लगायतका नेताहरु आज (शनिवार)देखि सुरु भएको प्रशिक्षण कार्यक्रममा मोरङ लेटाङमा आएका छन् ।
    पार्टीको स्कुल बिभागको आयोजनामा चार दिनसम्म हुने प्रदेश स्तरीय प्रशिक्षण कार्यक्रममा अध्यक्ष नेपाल लेटाङ आएका हुन् ।
    पूर्ब प्रधानमन्त्रीसमेत रहेका अध्यक्ष नेपालले बर्तमान समसामयीक राष्ट्रिय तथा अन्तराष्ट्रिय परिस्थिति बारे प्रशिक्षण दिएका छन् । 
    पार्टीको बरिष्ठ नेता पूर्ब प्रधानमन्त्री झलनाथ खनालले पार्टीको मर्गदर्शक सिद्धान्त तथा अबको बाटो, डा. बेदुराम भुसालले संगठनात्मक सिद्धान्त तथा पार्टी अभियान बारे प्रशिक्षण दिने कार्यक्रम रहेको छ । 
    कृषि विकास बैंकको तालिम केन्द्रमा सुरु भएको प्रशिक्षण कार्यक्रम माघ ६ देखि ९ गतेसम्म हुने सो संगठनले जनाएको छ । प्रदेशबाट ७६ जना नेता, कार्यकर्ता आवसीय कार्यक्रममा धनश्याम भुसाल लगायतले प्रशिक्षण दिने सो पार्टी संम्बद्ध युवा संघकी केन्द्रीय सदस्य शान्ति लामाले जानकारी दिए । 
    प्रशिक्षण सुरु हुनुअघि भएको औपाचारिक कार्यक्रम पार्टी १ नं. प्रदेश स्कुल बिभाग प्रमुख धर्म निरौलाको सभापतित्वमा भएको कार्यक्रम घनेन्द्र बस्नेत, जयन्ति राई, बलदेव चौधरीले शुभकामना मन्तब्य राखेका थिए । कार्यक्रम सिक्मत बस्नेतले सञ्चालन गरेका थिए । 
     

सम्वन्धित समाचार

मोरङ । पछिल्लो बिषम परिस्थितिमा हुनसक्ने चोरी लगायतका सुरक्षा चुनौती सामना गर्न मोरङको पथरीशनिश्चरेमा नाग…

काठमाडौं ।  काठमाडौंमा अनिश्चितकालीन कर्फ्यू आदेश जारी भएको छ । मंगलबार बिहान साढे ८ बजेदेखि लागू…

मोरङ । थारु महिलाहरुले मनाउने जितिया चाड विभिन्न मनोरञ्जन तथा शुभकामना आदानप्रदान गर्दै आज भव्य रुपले सम…

मोरङ । पथरीमा फुटबल रंगशाला निर्माण गर्ने लगायतको प्रस्तावहरु पारित गर्दै मोरङको पथरीशनिश्चरेमा स्थापित शा…