• मोरङ । मोरङको पथरीशनिश्चरे नगरमा माओवादी केन्द्रलाई शसक्त बनाउने क्रममा आज (शनिबार) पार्टी सम्बद्ध अखिल नेपाल सुकुम्बासी संघ पुनर्गठन भएको छ ।
    पथरीशनिश्चरे नगरमा माओवादी केन्द्र संस्थागत रुपमाभन्दा व्यक्ति केन्द्रित भएपछि कमजोर बन्दै गएको थियो । पार्टी संस्थागत नभएकै कारण गएको दुई वटा निर्वाचनमा कमजोर देखिएको माआवादी पथरीशनिश्चरेमा पुन जागरणको अभियान चलिरहेको छ । 
    यसै शीलशीलामा आज (शनिबार) पार्टी सम्बद्ध अखिल नेपाल सुकुम्बासी संघ पुनर्गठन भएको हो । नगर कार्यालयमा भएको भेलामा पार्टीको केन्द्रीय लेखा समितिको सदस्य लालबहादुर शुस्लिङ मगर, किराती राष्ट्रिय मुक्ति मोर्चाको महासचिव अर्जुन किराती, अखिल नेपाल सुकुम्बासी संघको मोरङ जिल्ला अध्यक्ष अमर बराइली, पार्टी नेता शिव तिम्सिना, पार्टी नगर अध्यक्ष गोबिन्द कटुवाल, सुकुम्बासी नेता जहरमान लिम्बू, मानबहादुर सिन्चुरी लगायतको उपस्थिति रहेको थियो ।
    भेलाले हरीकुमार शेर्मा लिम्बूको संयोजकत्वमा समिति गठन गरेको छ । समितिको सदस्यहरुमा धमराज अघिकारी, मनोरथ भण्डरी, प्रेमबहादुर लिम्बू, तुलशादेवी दर्जी, समित तामाङ, टिकाराम सुवेदी, पूर्णबहादुर लिम्बू लगायत रहेको पार्टी नगर अध्यक्ष गोबिन्द कटुवालले बताए । केही दिन अघि शिक्षकहरुको भेलाले नयाँ समिति गठन गरेको छ भने भोली (आइतबार) अखिल क्रान्तिकारीको भेला रहेको बताइएको छ । 

सम्वन्धित समाचार

मोरङ । मोरङको पथरीमा सुशिला कन्दङ्वा मेमोरियल पथरीशनिश्चरे चेस (बुद्धिचाल) च्याम्पियनसिप २०८२ सुरु भएको छ…

मोरङ । मोरङको पथरीमा जारी अन्तर्राष्ट्रिय आमन्त्रण दोस्रो पथरीशनिश्चरे गोल्डकप—२०८२ को उपाधिको लागि आय…

मोरङ । मोरङको पथरीशनिश्चरे नगरपाकिाल १ स्थित कन्तुर बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडको २४ औं वार्षिक सा…

मोरङ । लेखक, संकलक तथा खोजकर्ता दीपेन्द्रराज तिम्सिनाको १४ ओै पुस्तक ‘नेपालको बैङ्किङ इतिहास’…