• मोरङ । मोरङको पथरीशनिश्चरे—४ ले वडामा फजुल खर्च कटौति गर्दै कार्यालयलाई मितव्ययि, चुस्त सरल सेवा, पारदर्शिता र आपसि एकतामा जोड दिएको जनाएको छ ।
    आज (सुक्रबार) अर्ध बार्षिक प्रगति प्रतिवेदन प्रस्तुत गर्दै ४ नं. वडा कार्यालयले सो बिषय सार्वजनिक गरेको हो । ‘छ महिना अघि हामी वडा कार्यालय पस्दा विद्युत, होटल लगायतको बिलसँगसँगै आएको थियो ।’ वडा अध्यक्ष लोकनाथ न्यौपानेले भने ‘त्यसपछि फजुल खर्च घटाउनु पर्छ भनेर कार्यालयमा मिनरल वाटर र चिया बन्द गरियो ।’ कार्यालयमा मिनरल वाटर र चिया संस्कृतिको अन्त्य गरेपछि बार्षिक ५० हजार जति आर्थिक बोज कम भएको अध्यक्ष न्यौपानेको भनाइ छ ।
    चिया र पानीको साटो कर्मचारी र सेवाग्रहीको लागि कार्यालयमा तातो चिसो पानी बनाउने फिल्टर राखिएको छ ।
    वडामा जस्तो सुकै भिड भएपनि सेवा ग्रहीलाई बढीमा १ भन्दा बढी ढिला नगरी काम गरिदिने नीति बनाएर कार्यान्वयमा ल्याइएको अध्यक्ष लोकनाथ न्यौपानेले बताए । बिकास निर्माण लगायतको काममा पारदर्शि, कर्मचारी र जनप्रतिनिधिवीच आपसी एकताको वातावरण निर्माण गर्ने बताए ।
    कार्यक्रममा शैक्षिक सुधारको प्रयास स्वरुप वडामा रहेका चार वटै विद्यालयका प्रधानाध्यापकहरुलाई डिजिटल हस्ताक्षर फेस स्क्यानर मेसिन प्रदान गरिएको छ । विद्यालयमा शिक्षक, कर्मचारीहरु समयमा आए गएको अनुगमन फेस स्क्यानर मेसिन मार्फत वडा कार्यालयबाटै हुने वडा अध्यक्ष न्यौपाले बताए । कार्यक्रममा पथरीशनिश्चरे नगरका शिक्षा विभागका अधिकृत नवीन खुलालको समेत उपस्थिति रहेको थियो ।
    कार्यक्रममा नगरबाट सिलिङ बजेट मार्फत प्राप्त ७३ लाख मध्ये ५० प्रतिशत कार्यान्वयन भइसकेको प्रस्तुत प्रतिवेदनमा उल्लेख छ । बिकास निर्माणको बाँकी रहेको ३० प्रतिशत सम्झौता भएको र २० प्रतिशत मात्र सम्झौताहुन बाँकी रहेको उल्लेख छ । प्रदेश सरकारबाट बिनियोजित बजेटको पनि काम भइरहेको उल्लेख छ ।
    नयाँ समिति आएपछि वडामा ३४ वटा सडक बत्ति जडान, सय जनालाई निशुल्क स्वास्थ्य विमा, आठ सय किसानलाई मकैको विऊ, आठ सयलाई घाँसको विऊ, बाली विज्ञान अध्ययनरत दुई जनालाई छात्रवृति वितरण गरिएको उल्लेख छ ।
    वडा अध्यक्ष लोकनाथ न्यौपानेको सभापतित्वमा भएको कार्यक्रममा कार्यपालिका सदस्य कल्पना श्रेष्ठ, सदस्यहरु उपेन्द्र कार्की, मिना बिक लगायतले अनुभव सुनाएका थिए भने नगरका शिक्षा विभागका अधिकृत नवीन खुलाल, भागिरथ माविकी प्रधानाध्यापक जानकी चेम्जोङ, सरस्वति आविका प्रअ रामप्रसाद न्यौपाने लगायतले शुभकामनासहित शैक्षिक गुणस्तर सुधार बारे बोलेका थिए ।
     

सम्वन्धित समाचार

सुनसरी । सुनसरीको इटहरीमा विश्वमा बढ्दो तापक्रम र आदिवासी जनजातिको तर्फबाट समाधानको उपायहरु बारे दुई दि…

मोरङ । मोरङको कानेपोखरी गाउँपालिका आर्थिक वर्ष २०८२÷०८३ को बजेट आइतबार पत्रकार सम्मेलनको आयोजना …

मोरङ । डिभिजन वन कार्यालय मोरङले ल्याएको ‘कानेपोखरी—लेटाङ सरकारद्वारा व्यवस्थित (चक्ला) वन व्य…

मोरङ । गण्डकी प्रदेश सभाले गुरुङ र मगर भाषालाई सरकारी कामकाजको भाषा बनाउने निर्णय गरेकोमा मोरङको पथरीश…