• मोरङ । ‘अनेकतामा एकता मुन्दुमीहरुको मौलिकता’ भन्ने मुल नाराको साथ आजदेखि मोरङको पथरीशनिश्चरे—३ (सुन्दरी चोक)मा यले मेला लाग्दै छ ।
    यले सम्वतको नयाँ बर्ष ५०८३ को अवसारमा माघ १३ देखि तीन दिनसम्म मेला लाग्ने आयोजक मुन्दुमी चुम्लुङका अध्यक्ष कबिराज लिम्बूले जानकारी दिए । 
    यो माघदेखि यले सम्वत ५०८२ सकिएर ०८३ लागेको छ । चार किरात लगायतले माघ १ लाई नयाँ बर्ष मान्दै आएका छन् । यद्यपि पथरीशनिश्चरेमा स्थापित मुन्दुमी चुम्लुङका संरक्षक राजकुमार पालुङ्वा लिम्बूले विक्रम सम्वत (हिन्दु) क्यालेण्डरसँग नमिल्ने तर्क प्रस्तुत गर्दै माघ १३ लाई नयाँ बर्ष मनाउदै आएका छन् । 
    आज (सुक्रबार) पथरीशनिश्चरे नगर प्रमुख मोहन तुम्बपोको प्रमुख आतिथ्यतामा मेलाको उद्घाटन हुने राजकुमार लिम्बूले बताए । मेला लाग्ने अघिल्लो साँझ पुजारीहरु टेकबहादुर लिम्बू, धनबहादुर राई, प्रेम लिम्बू लगायतले पाप पखाल्ने पुजा गरेको आज बिहान आउने सिजनमा बालि बिरुवा सप्रियोस भन्ने कामनासहित पुजको साथै बिऊ बिजन गरिएको बताइएको छ । 
    मेलामा रोटे पिङ, बालबालिका खेल्ने उद्यान लगायतको खेल सामाग्री रहनुको साथै आज (१३ गते) बाल गायिका रुक्सना लिम्बू, भोली (१४गते) मिलन नेवार, पर्सि (१५गते) गायक उत्तमसिंह लिम्बूको साथमा कलाकारहरुको उपस्थितिमा सांस्कृतिक कार्यक्रम हुने बताइएको छ । मेला लाग्ने स्थलमा यले स्तम्भ गाडिएको छ । मुन्दुमी चुम्लुङले मन्दुम दर्शन मान्नेहरु एकजुट भएर अघि बढ्नुपर्ने विचार राख्दै आएको छ ।
     

सम्वन्धित समाचार

मोरङ । पुरस्कार वितरण तथा सांस्कृतिक मनोरञ्जनात्मक कार्यक्रमको आयोजना गरि मोरङ पथरीशनिश्चरे—९ स्थित प्…

मोरङ । नेपाल बुद्धिचाल संघ पथरीशनिश्चरे नगर समितिद्वारा आयोजित दोस्रो पथरीशनिश्चरे बुद्धिचाल समूह प्रतियोग…

मोरङ । मोरङको पथरीशनिश्चरे नगरमा ‘सातौँ राष्ट्रपति रनिङ शिल्ड खेलकुद प्रतियोगिता—२०८२’…

मोरङ । मोरङको पथरीशनिश्चरे नगरमा जारी ‘सातौँ राष्ट्रपति रनिङ शिल्ड खेलकुद प्रतियोगिता—२०८२&r…