• मुगु ९ माघ 

    बखत स्मृति कप प्रभात माध्यामिक विद्यालय रोवाले हात पारेकाे छ । हरेक वर्ष सञ्चालन हुँदै आएकाे  बखतबहादुर शाही फाउन्डेसनद्वारा आयाेजित माध्यामिक विद्यालयस्तरीय फुटबल प्रतियोगिताको उपाधि प्रभात माध्यामिक विद्यालय रोवाले हात पारेकाे हाे । 

    २१औं बखतबहादुर स्मृति दिवसको अवसरमा यही ४ माघबाट सदरमुकाम गमगढी बजारमा सञ्चालन भएकाे प्रतियोगिताकाे उपाधि भिडन्तमा महाकाली नमुना माविलाई २-० गाेल अन्तरले  परािजत प्रभात मावि रोवा विजेता बनेकाे हाे । 

    गत वर्षहरूमा बखत स्मृतिको अवसरमा भलिबल, फुटबल र देउडा प्रतियोगिता सञ्चालन भएका थिए  भने यस वर्ष भने फुटबल र देउडा प्रतियोगिताको सञ्चालन गरिएको स्व, बखत बहादुर फाउन्डेसन मुगुले जनाएकाे छ । 

    विजेता प्रभात मावि रोवाले शिल्ड ट्रफी, गोल्ड मेडलसहित २५ हजार नगद जितेको छ। उपविजेता महाकाली माविका विद्यार्थीले शिल्ड ट्रफी, सिल्भर मेडलसहित १५ हजार नगद पुरस्कार पाएको बखतबहादुर शाही फाउण्डेसन सचिव दीपक रावलले जानकारी दिए।

    उनका अनुसार खेल अवधिभर उत्कृष्ट खेलाडी प्रभात मावि राेवाका धर्म सेजुवाललाई प्रदान गरिएकाे बताए । उत्त प्रतियोगितामा ११ विद्यालयका १६ टिमले सहभागीता जनाएका  थिए ।

सम्वन्धित समाचार

मोरङ । पुरस्कार वितरण तथा सांस्कृतिक मनोरञ्जनात्मक कार्यक्रमको आयोजना गरि मोरङ पथरीशनिश्चरे—९ स्थित प्…

मोरङ । नेपाल बुद्धिचाल संघ पथरीशनिश्चरे नगर समितिद्वारा आयोजित दोस्रो पथरीशनिश्चरे बुद्धिचाल समूह प्रतियोग…

मोरङ । मोरङको पथरीशनिश्चरे नगरमा ‘सातौँ राष्ट्रपति रनिङ शिल्ड खेलकुद प्रतियोगिता—२०८२’…

मोरङ । मोरङको पथरीशनिश्चरे नगरमा जारी ‘सातौँ राष्ट्रपति रनिङ शिल्ड खेलकुद प्रतियोगिता—२०८२&r…