• मोरङ । मोरङको पथरीशनिश्चरे नगरपालिकाको सोमबार बसेको कार्यपालिका बैठकले ५ वटा निर्णयहरू पारित गरेको छ । 
    नगर प्रमुख मोहनप्रसाद तुम्वापोको अध्यक्षतामा बसेको कार्यपालिका बैठकले काठमाडांैबाट पोखरा गएको हवाइजहाज दुर्घटनामा मृत्यु हुनेहरुप्रति श्रद्धाञ्जली अर्पण गर्दै परिवारजनमा पर्न गएको अपुरणीय क्षतिप्रति भावपूर्ण समवेदना प्रकट गर्दै नगरपालिका र मातहतका कार्यालयमा आधा झण्डा झुकाउने निर्णय गरेको छ । 

    यस्तैगरी २०७९ साल माघ ९ गते नगरसभाको तयारी स्वरुप कार्यपालिकाको बैठक बस्ने, विपत व्यवस्थापन विधेयक नगरसभामा पेश हुने गरी पारित, निमावि र माविमा अध्यापन गराउनुहुने सहयोग अनुदानका शिक्षकहरुलाई नगरपालिकामा सहमति भए बमोजिमको तलब व्यवस्थापन गर्ने र पेश भए बमोजिम संसोधित बजेट तयारीको लागि कार्यपालिकाले कार्यालयलाई जिम्मेवारी प्रदान गर्ने लगायतका निर्णयहरु पारित गरिएको प्रवक्ता नविन कार्कीले जानकारी दिनुभयो ।

सम्वन्धित समाचार

काठमाडौ । वैदेशिक रोजगारीको लागि युके पठाइदिन्छु भनी ठगी गर्ने एक महिलालाई प्रहरीले पक्राउ गरेको छ । …

रामेछाप । रामेछापको गोकुलगंगा गाउँपालिकाले आगामी आर्थिक वर्ष २०८२/०८३ का लागि ५६ करोड बराबरको बजेट वि…

काठमाडौं ।  सुन तस्करी प्रकरणमा पक्राउ परेकी नेकपा माओवादी नेतृ अमला रोकालाई काठमाडौं जिल्ला अदालत…

काठमाडौ । संघीय संसद अन्तर्गत प्रतिनिधिसभाको बैठक आज पनि बस्दैछ । आज (आइतबार) बिहान ११ बजे संसद भवन नया…