• मोरङ । मोरङको पथरीशनिश्चरेमा स्थापित पथरी जेसीजको ११ औ शाखा अधिवेशनले बर्ष २०२३ को अध्यक्षमा सुवर्ण खत्री सर्वसहमत चयन भएका छन् ।
    सुक्रबार र शनिबार भएको अधिवेशनले कार्यकारी उपाध्यक्षमा काशीहाङ राई, टेकनाथ तिम्सिना चयन भएका छन । उपाध्यक्षहरुमा अम्बर नेपाली, कुष्णकुमारी राई, सागर थापा र गंगाराम साह, सचिवमा नगेन्द्रबहादुर घिमिरे सर्वसहमत चयन भएका छन् । महासचिवमा सरोज दराल मनोनित गरिएको बर्ष २०२२ का अध्यक्ष अणु राईले बताए ।
    अध्यक्षमा राज तिरुवा, सीताराम दराल (सरोज) प्रतिस्पर्धामा रहेपनि सर्वसहमत चयन गरिएको पथरी जेसीजको पूर्ब अध्यक्ष मान दियालीले बताए । जेसीजमा महासचिव, कानुन सल्लाहकार र कोषाध्यक्ष अध्यक्षले मनोनित गर्ने विधानमा ब्यबस्था रहेको छ । 
    शाखा अधिवेशनको उद्घाटनपछि युनिटी इज स्ट्रेन्थ बिषयमा नेपाल जेसीजको पूर्ब अध्यक्ष अशोक शंकर, नेपाल आदिबासी जनजाति पत्रकार महासंघ (फोनिज)को निवर्तमान १ नं. प्रदेश समिति अध्यक्ष, किरात राई विद्यार्थी संघको पूर्ब केन्द्रीय अध्यक्ष, किरात राई यायोक्खा वर्तमान उपमहासचिव अर्जुन जम्नेली राई, युवा अभियान्ता शान्ति पाख्रिनले प्रशिक्षण दिएका थिए । 
     

सम्वन्धित समाचार

सुनसरी । सुनसरीको इटहरीमा विश्वमा बढ्दो तापक्रम र आदिवासी जनजातिको तर्फबाट समाधानको उपायहरु बारे दुई दि…

मोरङ । मोरङको कानेपोखरी गाउँपालिका आर्थिक वर्ष २०८२÷०८३ को बजेट आइतबार पत्रकार सम्मेलनको आयोजना …

मोरङ । डिभिजन वन कार्यालय मोरङले ल्याएको ‘कानेपोखरी—लेटाङ सरकारद्वारा व्यवस्थित (चक्ला) वन व्य…

मोरङ । गण्डकी प्रदेश सभाले गुरुङ र मगर भाषालाई सरकारी कामकाजको भाषा बनाउने निर्णय गरेकोमा मोरङको पथरीश…