• मोरङ । खेलकुद र सांस्कृतिक मनोरञ्जनात्मक कार्यक्रमको साथ आज मोरङको पथरीशनिश्चरेमा तमू ल्होसार समापन भएको छ ।
    पथरीमा रहेको तमू बौद्ध गुम्बा समितिको आयोजना दुई दिनसम्म खेलकुद तथा मनोरञ्जनात्मक र शुभकामना आदानप्रदान कार्यक्रमको आयोजना गरी गुरुङ समुदायले ल्होसार मनाएका हुन् ।
    गुरुङ समुदायले वर्ग परिवर्तन र नयाँ बर्षको रुपमा मनाउने ल्होसार सुक्रबार पथरीको गुम्बा समितिको अध्यक्ष गणेशप्रसाद घलेको सभापतित्वमा भएको हो । तमू गुम्बामा भएको कार्यक्रममा नव निर्वाचित ३ नम्बर क्षेत्रका संघीय सांसद सुनिल शर्मा, पथरीशनिश्चरे नगर प्रमुख मोहनकुमार तुम्बापो लिम्बू, १ नं. वडा अध्यक्ष भीमकुमार राई, नेपाल आदिबासी जनजाति नगर महासंघका अध्यक्ष देबेन्द्र वनेम, तमू धि नगर समिति अध्यक्ष राजेन्द्र गुरुङ लगायतले शुभकामना दिएका थिए ।
    कार्यक्रममा चर्चित गायक नन्दु गुरुङले गीत प्रस्तुत गरेका थिए भने बिभिन्न कलाकारहरुले नृत्य प्रस्तुत गरेर कार्यक्रममा मानोञ्जन प्रस्तुत दिएका थिए । परशु गुरुङले स्वागत मन्तब्य राख्ने क्रममा गुम्बाको जग्गामा गिद्धे नजर परेको प्रति ध्यान आकार्षण गराउदै यसको बिकासमा लाग्न जनप्रतिनिधिहरुलाई आग्रह गरेका थिए । हेमभक्त तमूद्वारा सञ्चालन भएको कार्यक्रममा हिजो (१४ गते) भएको खेलकुद कार्यक्रमका बिजेताहरुलाई पुरस्कार तथा ट्रफी प्रदान गरिएको थियो । बर्षदिनमा आउने सांस्कृतिक चाड मनाउद नगरभरीका गुरुङ समुदाय सांस्कृतिक भेषभूषामा उपस्थित रहेका थिए ।

     

सम्वन्धित समाचार

मोरङ । परिआएको खण्डमा नेपालमा फेरि हतियार उठ्न सक्ने प्रदेश नं. १ का पूर्व मुख्यमन्त्री राजेन्द्र राईले चेताव…

मोरङ । मोरङको पथरीशनिश्चरे—२ लिचिडाँडामा नाट्याशाला निर्माणहुने भएको छ ।  शब्द थिएटरको लगाय…

मोरङ । नेकपा (एमाले) पूर्व प्रदेश समिति दसस्य तथा वर्तमान सल्लाहकार समिति सदस्य पर्शु मिश्रले पार्टी परित्याग…

मोरङ । निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन नेपाल (प्याब्सन) पथरीशनिश्चरे नगर समितिको दोस्रो परिषद भेला स…