• मोरङ । मोरङको पथरी बहुमुखी क्याम्पस प्रशासनमा शुल्क बृद्धिको विरोधमा विद्यार्थी संगठनहरुले लगाएको तालाबन्दी बारे आज भएको वार्तामा तत्काल सहमति जुट्न सकेन ।
    स्नातक तहको बार्षिक १८ हजारबाट ६ हजार बढाएर २४ हजार पाँच सय बनाउने क्याम्पसको निर्णय विरुद्ध विद्यार्थी संगठनहरु आन्दोलनमा उत्रिएका छन् । कांग्रेस सम्बद्ध नेपाल विद्यार्थी संघ, नेकपा (एस) र माओवादी केन्द्र सम्बद्ध अनेरास्ववियुले संयुक्त रुपमा मंगलबार क्याम्पस प्रमुखको कार्यालयमा ताला लगाएको थियो ।
    आज (बुधबार) क्याम्पस सञ्चालक समितिको उपाध्यक्ष माधब कोइराला, क्याम्पस प्रमुख शान्तिराम तिम्सिना, प्रध्यापक संघका अध्यक्ष उपेन्द्र बस्नेत, नेपाल विद्यार्थी संघका केशर राई, नेकपा (एस) सम्बद्ध अखिलका प्रकाश शिवा, एमाले अखिलका रोशन कटुवाल लगायतको छलफल भएको थियो ।
    क्याम्पस प्रशासन र विद्यार्थी प्रतिनिधिहरुवीच आज (बुधबार) बिहान र साँझमा दुई पटक वार्ता भएको थियो । क्याम्पसले आफूहरुको माग सुनुवाइ गर्ने कुरामा स्वीकार नभएसम्म तालाबन्दी जारी रहने वार्तामा सहभागी प्रकाश शिवाले बताए । वार्तामा एमाले अखिलका रोशन कटुवालले भने क्याम्पस प्रशासनको समर्थन गरेको वार्तामा सहभागीहरुले जनाएका छन । क्याम्पसमा अध्ययनरत आम विद्यार्थीहरु भने शुल्क बृद्धिको विपक्षमा रहेको बताइएको छ ।
     

सम्वन्धित समाचार

मोरङ । पुरस्कार वितरण तथा सांस्कृतिक मनोरञ्जनात्मक कार्यक्रमको आयोजना गरि मोरङ पथरीशनिश्चरे—९ स्थित प्…

मोरङ । नेपाल बुद्धिचाल संघ पथरीशनिश्चरे नगर समितिद्वारा आयोजित दोस्रो पथरीशनिश्चरे बुद्धिचाल समूह प्रतियोग…

मोरङ । मोरङको पथरीशनिश्चरे नगरमा ‘सातौँ राष्ट्रपति रनिङ शिल्ड खेलकुद प्रतियोगिता—२०८२’…

मोरङ । मोरङको पथरीशनिश्चरे नगरमा जारी ‘सातौँ राष्ट्रपति रनिङ शिल्ड खेलकुद प्रतियोगिता—२०८२&r…