• मोरङ । मोरङको पथरीशनिश्चरे–१ मा आगामी पुस पहिलो सातादेखि मिनि महोत्सव लगायउने तयारी भएको छ ।
    पथरी बजारको बिभिन्न स्थानमा सडक लाइट र नपुगेको स्थानहरुमा सीसी टिभि क्यामरा राख्ने लगायतको उदेश्य राखेर महोत्सव लगाउन लागिएको आयोजक सुनाखरी  युवा क्लवका अध्यक्ष मिलन राईले बताए । महोत्सवको सह आयोजकमा फुलबारी समाज र भुल्के समाज रहने स्थानीय रोशन हाङबाङ्गले बताए ।
    पथरीको जाँते मोड स्थित फुटबल मैदानमा पुस ३ गतेदेखि २० दिनसम्म लाग्ने महोत्सवमा गायक राजेशपायल राई, एलिना चौहन, मेलिना राई, सुगम पोख्रेल लगायतसँग कुरा भइरहेको आयोजक समितिले जनाएको छ ।
    महोत्सवमा दैनिक गायक कलाकारहरुको साथमा रोटेपिङ, बालबालिकालाई मनोरञ्जन दिन बिभिन्न खेल सामाग्री रहने आयोजक समितिको निर्देशक मनि लिम्बूले बताए । महोत्सबबाट संकलित रकमबाट सुनाखरी चोक, भुल्के, फुलबारी चोक, किरात मार्ग लगायतमा सडक बक्ति जडान र बिभिन्न छ स्थानमा सीसी क्यामरा जडान गर्ने योजना रहेको आयोजक समितिको सचिव बिकास राईले बताए ।
    कार्यक्रम बारे जानकारी गराउन आज (बुधबार) आयोजित पत्रकार सम्मेलनमा महोत्सबको ठेक्दार पर्बत लामा, स्थाीय युवाहरु देब साम्पाङ, दिपेश थापा, जोन सुब्बा लगायतको उपस्थिति रहेको थियो ।

सम्वन्धित समाचार

मोरङ । संघीय सरकारले नयाँ बजेटसँगै सुन खरिद विक्रीमा विलाशिताको समान भन्दै २ प्रतिशत कर लगाउने नीति ल्य…

मोरङ÷मोरङको पथरीशनिश्चरे नगरपालिका—२ मा स्थापित रेडस्टार अंग्रेजी स्कुलमा स्काउटको प्रथम मित्र…

रसिलो सिकुटी किन्न, खान कहाँ जाने ? पथरी ढुङ्गामा सेकाएको बंगुरको सेकुवा खान कहाँ जाने ? पथरीको सिरि…

मोरङ । मोरङको पथरीशनिश्चरे—१ मा स्थापित आरती बहुउद्देश्यीय सहकारी संस्थाले नियम संगत तरिकाले &lsqu…