• मोरङ । मोरङको पथरी बहुमुखी क्याम्पसमा शुल्क बृद्धि गरेको विरोधमा विद्यार्थी संगठनहरुको संयुक्त मोर्चाले आज (मंगलबार) प्रशासनमा तालाबन्दी गरेको छ ।
    क्याम्पसले एकपक्षीय रुपमा शुल्क बृद्धि गरेको र तीन दिनको अल्टिमेटम दिदासम्म सुनुवाइ नभएपछि अनिश्चिित कालको लागि तालाबन्दी गर्नु परेको नेकपा (एस) सम्बद्ध अखिलका क्याम्पस इकाई समितिको अध्यक्ष प्रकाश शिवाले बताए ।
    तालाबन्दी पछिको बिज्ञप्तिमा नेपाल विद्यार्थी संघको तर्फबाट केशर राई लगायतको हस्ताक्षर रहेको छ ।
    क्याम्पसमा अघिल्लो शैक्षिक सत्रसम्म स्नातक तहको लागि १८ हजारबाट एकै चोटी २४ हजार पाँच सय बनाउने क्याम्पसले निर्णय गरेपछि विद्यार्थी संगठनहरु आन्दोलन गर्नु परेको बताइएको छ । शुल्क घटाउन अल्टिमेटम दिदा वास्ता नभएपछि ताला लगाउन बाद्य हुनु परेको प्रकाश शिवाले बताए ।
    शुल्क नघटाएसम्म क्याम्पस प्रमुखको कार्यकक्षमा लगाइएको ताला नखुल्ने र पठनपाठन प्रभावित नहुने तालाबन्दी पछि टाँसिएको विज्ञप्तिमा उल्लेख छ । क्याम्पस प्रशासनले जबरजस्ति गरे हुनसक्ने क्षतिको जिम्मा प्रशासन आफैले लिनुपर्ने संगठनको नेताहरुको भनाइ रहेको छ । 
    क्याम्पस प्रशासनले विद्यार्थी संगठनहरुको माग पेलेर लाने नियत देखिएपछि आन्दोलनमा उत्रिनु परेको बताइएको छ । शुल्क घटाएर पुरानै नबनाएसम्म ताला नखोलिने विद्यार्थी नेताहरुको भनाइ रहको छ ।

       

सम्वन्धित समाचार

मोरङ । पछिल्लो बिषम परिस्थितिमा हुनसक्ने चोरी लगायतका सुरक्षा चुनौती सामना गर्न मोरङको पथरीशनिश्चरेमा नाग…

काठमाडौं ।  काठमाडौंमा अनिश्चितकालीन कर्फ्यू आदेश जारी भएको छ । मंगलबार बिहान साढे ८ बजेदेखि लागू…

मोरङ । थारु महिलाहरुले मनाउने जितिया चाड विभिन्न मनोरञ्जन तथा शुभकामना आदानप्रदान गर्दै आज भव्य रुपले सम…

मोरङ । पथरीमा फुटबल रंगशाला निर्माण गर्ने लगायतको प्रस्तावहरु पारित गर्दै मोरङको पथरीशनिश्चरेमा स्थापित शा…