• मोरङ । युवाहरुलाई भारतीय सेनामा भर्ति गरिदिन्छु भन्दै रकम लिएको अभियोगमा मोरङ पथरीशनिश्चरे ३ का नरेन्द्र पाख्रिन तामाङलाई प्रहरीले पक्रेको छ ।
    भारतीय सेना लगाइदिन्छु भन्दै पैसा लिएर सेना नलगाएको बारे जाहेरी दिएपछि ४२ बर्षिय तामाङलाई इलाका प्रहरी कार्यालय पथरीले पक्रेर ठगी मुद्धा चलाएको इलाका प्रहरी कार्यालय पथरीका प्रमुख बेदप्रसाद गौतमले बताए ।
    भारतीय सेनामा भर्ति लगाइदिने आश्वासन दिदै तामाङले २८ जनालाई ५ देखि ८ लाखसम्म ठगी गरेको प्रहरीले जनाएको छ । पीडित मध्ये एक जना जाहेरी आएको प्रहरीले जनाएको छ । सोमबार जिल्ला अदालत मोरङबाट अनुसन्धानको लागि सात दिन म्याद दिएको डीएसपी गौतमले बताए । 
     

सम्वन्धित समाचार

मोरङ । पछिल्लो बिषम परिस्थितिमा हुनसक्ने चोरी लगायतका सुरक्षा चुनौती सामना गर्न मोरङको पथरीशनिश्चरेमा नाग…

काठमाडौं ।  काठमाडौंमा अनिश्चितकालीन कर्फ्यू आदेश जारी भएको छ । मंगलबार बिहान साढे ८ बजेदेखि लागू…

मोरङ । थारु महिलाहरुले मनाउने जितिया चाड विभिन्न मनोरञ्जन तथा शुभकामना आदानप्रदान गर्दै आज भव्य रुपले सम…

मोरङ । पथरीमा फुटबल रंगशाला निर्माण गर्ने लगायतको प्रस्तावहरु पारित गर्दै मोरङको पथरीशनिश्चरेमा स्थापित शा…