• मोरङ । मोरङको पथरीशनिश्चरे–१० बाट सामाजिक सञ्जाल ह्याक गरेर अनलाइन ठगी गरेको आरोपमा आज पाँच युवालाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
    पक्राउ पर्नेहरुमा निशान लुइटेल, बिस्वास लुइटेल, किस्मत राई, एलिस कार्की, सुमित न्यौपाने रहेका छन् । पक्राउ पर्नेहरु १९ देखि २३ बर्ष उमेर समूहका छन् ।
    प्रहरी परिसर टेकु काठमाडौंको पत्रको आधारमा आज बिहानै इलाका प्रहरी कार्यालय पथरीले पक्राउ गरेको हो । पक्राउ परेका पाँचै जनालाई आजै काठमाडौ पठाइने इलाका प्रहरी कार्यालय पथरीका प्रमुख डीएसपी बेदप्रसाद गौतमले बताए ।
    यस अघि पथरीशनिश्चरे १० कै किरण पाठक अनलाइन ठगी गरेको आरोपमा प्रक्राउ गरी जेल परेका थिए । पाठक सानै उमेरदेखि अरुको फेसबुक आइडी ह्याक गरेर पैसा माग्ने, चिट्ठा प¥यो भनेर राजश्व भन्दै पैसा लिने लगायतको ठगी मुद्धामा पटक पटक परेपछि पछिल्लो समय पुन जेल परेका हुन ।
    पाठकसँगै यी पाँच युवालाई पनि प्रहरीले पटक, पटक नियन्त्रमा लिएर इलाका प्रहरी कार्यालय पथरीसम्म पर्ने गरेको बुझिएको छ । प्रहरी परिसर टेकु काठमाडौबाट जाहेरवालाहरुको फेसबुक आइडी अनधिकृत रुपमा पौजमा पारी ठगी गरेकोले पत्र आएपछि नियन्त्रणमा लिएर पठाइएको इलाका प्रहरी कार्यालय पथरीका प्रमुख गौतमले बताए ।
     

सम्वन्धित समाचार

सुनसरी । सुनसरीको इटहरीमा विश्वमा बढ्दो तापक्रम र आदिवासी जनजातिको तर्फबाट समाधानको उपायहरु बारे दुई दि…

मोरङ । मोरङको कानेपोखरी गाउँपालिका आर्थिक वर्ष २०८२÷०८३ को बजेट आइतबार पत्रकार सम्मेलनको आयोजना …

मोरङ । डिभिजन वन कार्यालय मोरङले ल्याएको ‘कानेपोखरी—लेटाङ सरकारद्वारा व्यवस्थित (चक्ला) वन व्य…

मोरङ । गण्डकी प्रदेश सभाले गुरुङ र मगर भाषालाई सरकारी कामकाजको भाषा बनाउने निर्णय गरेकोमा मोरङको पथरीश…