• मोरङ । पूर्बी नेपालमा बसोबास गर्दै आएको राई, लिम्बू, याक्खा सुनुवार लगायतको समुदायको भोली हुने उद्यौली चाड बिभिन्न स्थानमा भब्य रुपले मनाउने तयारी गरिरहेका छन् ।
    मोरङको पथरीशनिश्चरे–१० सिरिजङ्गा स्मृति धार्मिक वनमा सो वन समिति र किरात याक्थुङ चुम्लुङ नगर समितिको आयोजनामा भोली (मंसिर २२) संस्कृतिक कार्यक्रमसहित चासोक तङ्नामको तयारी भइरहेको छ ।
    किरातीहरुले मंसिरे पूर्णेमा सामुहिक रुपमा पितृ र प्रकृतिको पुजा गर्नुको साथै संस्कृतिक स्थलमा एक आपसमा भेटघाट, सांस्कृतिक कार्यक्रम गरेर मनाउने परम्परा रहेको छ ।
    सिरिजङ्गा धार्मिक वनमा पुजाको साथै केलाङ, पालाम,  हाक्पारे, ख्याली लगायतको सांस्कृति प्रदर्शनको साथै सांगीतिक कार्यक्रमको तयारी भइरहेको किरात याक्थुङ चुम्लुङ पथरीशनिश्चरे नगर समितिको अध्यक्ष बिक्रम लिम्बूले बताए ।
    पथरीशनिश्चरे नगर प्रमुख मोहन तुम्बापोको प्रमुख अतिथ्यतामा हुने कार्यक्रममा गायिका रचना रिमाल, नन्दु गुरुङ, रबिन कन्दङ्वा, ताराबिर पाण्डेको साथै बाल गायिका रुक्सना लिम्बूको साथमा सागीतिक कार्यक्रम हुने आयोजक समितिको उपाध्यक्ष गणेश थक्लुङ लिम्बूले बताए ।
    यता किरात राई यायोक्खा पथरीशनिश्चरे नगर समितिले पथरीशनिश्चरे १ स्थित साकेला थानमा भोली बिहानै पुजा गर्ने कार्यक्रम राखेको छ । साकेला थानमा भेला भएर पुजाको साथै शुभकामना आदानप्रदान गर्ने कार्यक्रम रहेको यायोक्खा नगर अध्यक्ष प्रेमकुमार राईले बताए ।
    किरात राई यायोक्खा लेटाङले स्थापना गरेको मिनि संग्राहलय भोली उद्यौली पुजाकै अवसरमा उद्घाटन गर्ने कार्यक्रम रहेको यायोक्खा मोरङ जिल्ला अध्यक्ष केदार राईले बताए । किरात राई यायोक्खा कानेपोखरी लगायत बिभिन्न स्थानमा पुजा कार्यक्रम रहेको अध्यक्ष राईले बताए । किराती समुदायको उधौली चाडको अवसरमा नेपाल सरकारले भोली (मंसिर २२) सार्वजनिक बिदा दिएको छ ।
     

सम्वन्धित समाचार

मोरङ । पुरस्कार वितरण तथा सांस्कृतिक मनोरञ्जनात्मक कार्यक्रमको आयोजना गरि मोरङ पथरीशनिश्चरे—९ स्थित प्…

मोरङ । नेपाल बुद्धिचाल संघ पथरीशनिश्चरे नगर समितिद्वारा आयोजित दोस्रो पथरीशनिश्चरे बुद्धिचाल समूह प्रतियोग…

मोरङ । मोरङको पथरीशनिश्चरे नगरमा ‘सातौँ राष्ट्रपति रनिङ शिल्ड खेलकुद प्रतियोगिता—२०८२’…

मोरङ । मोरङको पथरीशनिश्चरे नगरमा जारी ‘सातौँ राष्ट्रपति रनिङ शिल्ड खेलकुद प्रतियोगिता—२०८२&r…