• मोरङ । मोरङको पथरीशनिश्चरे–१ मा स्थापित मनकामना सामुदायिक वन उपभोक्ता समूहको वन क्षेत्रमा आन्तरिक पर्यटन बढ्दै गएको छ ।
    मनकामना सामुदायिक वन उपभोक्ता समितिको मंगलबार आयोजित १४ औं बार्षिक साधारण सभामा आन्तरिक पर्यटन बृद्धि हुँदै गएको प्रस्तुत प्रतिवेदना उल्लेख छ ।
    सभामा सामुदायिक वन समितिका अध्यक्ष उदयकुमार राईले भावि योजना, सचिव समृता राईले प्रगतिप्रतिवेदन र लेखा तथा सुपरिबेक्षण समितिको संयोजक यामबहादुर सुब्बाले आर्थिक प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो ।
    प्रस्तुत प्रतिवेदनहरुमा वन क्षेत्र भित्र पर्यटक तान्न थप संरचना निर्माण गर्नुको साथै सिमसारको रुपमा बिकास गर्ने योजना प्रस्तुत गरिएको थियो ।
    वन क्षेत्र भित्र ट्रिहाउस, पोखरी, बाल उद्यान र आकर्षक सडक निर्माण गरिएको छ । ट्रिहाउस र निर्मित पर्यटकीय क्षेत्रमा सेल्फी तस्वीर, टिकटक बनाउन आन्तरिक पर्यटकको भिड लाग्ने गरेको छ । साधारण सभाले पर्यटक क्षेत्रलाई थप बिकास गर्ने योजना अध्यक्ष उयदकुमार राईले प्रस्तुत गर्नुभएको थियो ।
    कार्यक्रमको प्रमुख अतिथि पथरीशनिश्चरे १ नंम्बर वडा अध्यक्ष भिमकुमार राईले वन क्षेत्रमा पर्यटन र उपभोक्ताहरुको शारीरिक ब्ययम निर्माणको लागि आउने आर्थिक बजेटमा रकम बिनियोजन गर्ने प्रतिबद्धता ब्यक्त गर्नुभएको छ ।

    अध्यक्ष राईले पथरी बजारलाई सुन्दर र शान्त राख्न बजारलाई सफा राख्न तथा ट्राफिक जाम हटाउन वडा कार्यालयले कार्यक्रम ल्याएको बताउदै सबैले सहयोग गर्नुपर्ने बताउनु भयो ।
    पथरी बजार दक्षिण लगिएको पैनीमा महिलाहरुले प्रयोग गरेको प्याड, बालबालिकालाई प्रयोग भएको डाइपर, प्लाष्टिक, बोरा, कार्टनहरु, मरेको कुखुरा, बिरालो लगायतको फोहोर फाल्नुको साथै शौचालयको ढल पैनीमा जोडिएकोले उत्पादन घट्दै गएको किसानहरुबाट गुनासो आइरहेको अध्यक्ष भिमकुमार राईले बताउनुभयो ।
    पथरी बजार दक्षिण खेतिको लागि पानी लाने पैनीमा फोहोर मैला अझै फाल्न नछाड्दा धान, मकै, गहँु, साग सब्जि उत्पादनमा कमी आउने गरेको भन्दै पैनीमा फोहोर नफाल्न किसानहरुले पटक पटक अनुरोध गर्दै आएका छन् । 
    नगरपालिकाले फोहर उठाउन, ट्रिफर, ट्याक्टर टोलटोलमा पठाउने गरेको छ । यद्यपि पैनीमा फोहोर फाल्ने चलनको अत्न्य अझै नहुँदा पथरी बजारमै स्वास्थ्य सरसफाइमा समस्या हुने गरेकोले वडा अध्यक्ष भीमकुमार राई बताउनु भयो । उहाँले पथरीको संमृद्धि र बिकासको लागि विचार र संगठन नभनी एकजुट भएर लाग्नुपर्ने बताउनु भयो ।
    कार्यक्रममा सामुदायिक वन उपभोक्ता महासंघको नगर अध्यक्ष रबिन्द्र राई, सुनाखरी मावि सञ्चालन समितिको अध्यक्ष प्रदिपकुमार राई, सुन्दर सामुदायिक वन उपभोक्ता समितिको अध्यक्ष मानबहादुर पाठक, फोरेष्टर प्रदिप कुँबर, उपभोक्ता समितिको सदस्य ओम लिम्बू लगायतले शुभकामना दिनुभएको थियो । कार्यक्रममा सहसचिव मोहन श्रेष्ठले स्वागत गरेका थिए । सामुदायिक वनले आफ्नो क्षेत्रमा रहेका बृद्धबृद्धा उपभोक्ताहरुलाई नगदसहित सम्मान गरेको थियो ।
    दुई सय बाइस घर परिवार सदस्य रहेको मनकामनाको ८० हेक्टर क्षेत्रफल रहेको छ ।


     

सम्वन्धित समाचार

मोरङ । मोरङको पथरीमा सुशिला कन्दङ्वा मेमोरियल पथरीशनिश्चरे चेस (बुद्धिचाल) च्याम्पियनसिप २०८२ सुरु भएको छ…

मोरङ । मोरङको पथरीमा जारी अन्तर्राष्ट्रिय आमन्त्रण दोस्रो पथरीशनिश्चरे गोल्डकप—२०८२ को उपाधिको लागि आय…

मोरङ । मोरङको पथरीशनिश्चरे नगरपाकिाल १ स्थित कन्तुर बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडको २४ औं वार्षिक सा…

मोरङ । लेखक, संकलक तथा खोजकर्ता दीपेन्द्रराज तिम्सिनाको १४ ओै पुस्तक ‘नेपालको बैङ्किङ इतिहास’…