• मोरङ । कानेपोरी जिरिखिम्त सडक खण्डमा सवारी साधनको ठक्करले बाबुको मृत्युहुँदा दुई छोराछोरी अभिभावक बिहिन बन्न पुगेका छन्

    ठक्कर दिने साधन तीन दिनसम्म फेला परेको छैन् ।
    कानेपोखरी जिरिखिम्ति सडक खण्डमा मंसिर १३ गते साँझ सवारी साधनले ठक्कर दिदा पथरीशनिश्चरे १० का ४२ बर्षिय युवराज खत्रीको मृत्यु भएको थियो । दुर्घट्ना पथरीशनिश्चरे, कानेपोखरी सीमानाको मोरङ्गी पुलदेखि करिव दुई सय मिटर पश्चिम मुख्य सडकमा भएको थियो ।

    मंसिर १३ गते साझा करिव साढे ८ बजे कानेपोखरीबाट साइकलमा आउने क्रममा पछाडिबाट ठक्कर दिदा खत्रीको मृत्यु भएको थियो । ठक्करबाट टाउकोमा गम्भीर चोट लागेको घाइते खत्रीलाई सुरुमा पथरी अस्पताल र पछि उर्लाबारीको मदनभण्डारी ट्रमा सेन्टर लाने क्रममा मृत्यु भएको थियो ।

    दुर्घट्नामा भएको तीन दिन बितिसक्दा पनि ठक्कर दिने सवारी साधन पत्ता लागेको छैन् । घट्ना स्थल हेर्दा पूर्ब जाँदै गरेको साधनले ठक्कर दिएको जस्तो देखिएपनि हालसम्म पत्ता नलागेको र साधन खोजी कार्य जारी रहेको इलाका प्रहरी कार्यालय पथरीको प्रहरी प्रमुख डीएसपी बेदप्रसाद गौतमले बताए । पथरी बजारमा सीसी क्यामरा भएपनि नाइटभिजन राम्रो नभएको कारण रातिको घट्ना पत्ता लाउन समस्या भएको प्रहरीको भनाइ छ ।

    मृतक युवराज खत्रीको एक छोरा र छोरी छन् । आमाले छाडेर गएपनि ती छोराछोरी बाबुको साहरामा छोरा कक्षा ९ र छोरी ६ कक्षामा पढ्दै गरेको स्थानीय मान दियालीले बताए ।

    आमाले छाडेर गएको र बाबुको दुर्घट्नामा मृत्यु भएपछि छोराछोरी बृद्ध बाजेबजुको साहरा लिनुपर्ने बाध्य हुनुपर्ने अवस्था छ । दुर्घट्ना गराउने साधन पत्ता नलाग्दा पीडितलाई थप पिडा भइरहेको छिमेकीहरुको भनाइ छ । यद्यपि अनुसन्धान भइरहेकोले दुर्घट्ना गराउने गाडि पत्ता लाग्ने डीएसपी बेदप्रसाद गौतमको भनाइ रहेको छ । 

सम्वन्धित समाचार

मोरङ । मोरङको पथरीशनिश्चरे—१ मा स्थापित आरती बहुउद्देश्यीय सहकारी संस्थाले नियम संगत तरिकाले &lsqu…

मोरङ । मोरङको पथरीशनिश्चरे—२ मा स्थापित वाल्मीकि मेमोरियल बोडिङ स्कुलले शनिबार नगरमा नयाँ कामको स…

मोरङ । मोरङको पथरीशनिश्चरे नगरमा भएको प्रतियोगितामा गायनमा राज लोहार र नृत्यतर्फ गरिमा मगरले प्रथम पथरीश…

मोरङ । मोरङको कानेपोखरी गाउँपालिकामा सम्पन्न १० औं राष्ट्रिय सिएच आईटिएफ तेक्वान्दो च्यामपियनसिको उपाधी बा…