• मोरङ । सुकुम्बासी र आदिबासी जनजाति संग्राहलय बारे पूर्ब मन्त्री भनुभक्त ढकालले बोलेर ढाँटेको प्रसंग त आइरहेकै छ । तर, मतदानको अघिल्लो दिन आज पीडित परिवारले पत्रकार भेटघाटको आयोजना गरी ढकालले लेखेरै ढाँटेको प्रमाण दिएका छन ।
    बिषय पथरीशनिश्चरे–१० को हो । एमाले स्थायी समिति सदस्य तथा पूर्ब मन्त्री भानुभक्त ढकालले बिगत पाँच बर्षे कार्यकालमा गरिएको विकास निर्माण आयोजनाहरु भनेर २८ पृष्टको चुनावी सामाग्री प्रकाशन गरेका थिए ।
    सो सामाग्रीको पछिल्लो कभर पेजको भित्रि पृष्टमा भानुभक्त ढकालद्वारा गरिएका विकास निर्माणका केही तस्विरहरु शीर्षकमा मोरङ पथरीशनिश्चरे १० मा रहेको सिरिजंङ्गा धार्मिक वनको मूल गेटको तस्वीर र त्यहाँ निर्मित भवन क्याप्सनसहित राखिएको छ । तर, यो गेट र भवनमा ढकालले पढाएकोे रकम परेको रहेनछ ।
    धार्मिक वनको मूल गेट पथरी शनिश्चरे–८ (हाल हङकङ) निवासी खगेन्द्र कुमार लिम्बूले आफ्नो माइला छोरा डा. संदिप लिम्बूको स्मृतिमा बनाएका रहेछन् ।
    डा.संदिप लिम्बू सवारी दुर्घट्नामा २०७२ मा निधन भएपछि आफ्नो छोराको स्मृतिमा एक बर्ष पछि २०७३ मा धार्मिक वनको गेट निर्माण गरेका रहेछन् खगेन्द्र लिम्बू परिवारले । गेटको माथिल्लो भागमा संदिपको मूर्तिसमेत राखिएको छ । गेट बनाउन त्यो बेला १४ लाख बढी खर्च भएको खगेन्द्र लिम्बूले बताए ।
    चुनावीको दौडको क्रममा भानुभक्त ढकालले प्रकाशन गरेको प्रगति विवरणमा सो मूल गेट आफ्नो योजनामा निर्माण भएको क्याप्सनसहित आएको देखेपछि जोठो छोरा (संदिपको दाजु) बालकुमार लिम्बूले सो समूहलाई गुनासो गरेको र गुनासो सुनुवाइ नभएपछि भ्रम चिर्न पत्रकार सम्मेलन गर्नु परेको पीडित परिवारले बताए ।
    शनिबार सिरिजंङ्गा धार्मिक वन क्षेत्र भित्र पत्रकार भेटघाट गर्दै पीडित खगेन्द्र लिम्बूले भने ‘भानुभक्त ढकालले बनाएको भनेर कोही भ्रममा नपर्नुस, गेट मेरो माइलो छोराको स्मृतिमा मैले बनाएको हुँ, गेट निर्माण गरेर हस्तान्त्ररण गरेको कागजपनि वन समितिसँग छ ।’
    पीडित परिवारले आफ्नो चुनावी समाग्रीमा गलत कुरा छापेर वितरण गरी भ्रमित बनाएकोमा ढकाल वा सो समूहले माफी माग्नुपर्ने खगेन्द्र लिम्बूको माग रहेको छ ।
    पत्रकार भेटघाट कार्यक्रममा सिरिजंङ्गा धार्मिक वन समितिको अध्यक्ष गंगा साँबा, सचिव केशव कुरुङ्बाङ्ग, पीडित खगेन्द्र लिम्बू, उनको जेठा र कान्छा छोरा बालकुमार, ज्ञानेन्द्र लिम्बू लगायतको उपस्थिति रहेको थियो ।
    गेट मात्र होइन वन क्षेत्रमा निर्माण गरिएको भवनको पनि क्याप्सनसहित तस्वीर ढकालद्वारा गरिएको विकास निर्माणहरु भनेर राखिएको छ । सो भवन पनि ढकालले पठाएको योजना नभएर १ नं. प्रदेश सरकारको आर्थ तथा योजना मन्त्री इन्द्रबहादुर आङ्बोले छुटाएको ४५ लाखमा निर्माण भएको सिरिजङ्गा धार्मिक वन उपभोक्ता समितिको अध्यक्ष गंगा साबाले बताए । चुनावको मुखमा यसरी भ्रम नछर्न पत्रकार सम्मेलनमा ढकाललाई अध्यक्ष साबाले सुझाए । 


     

सम्वन्धित समाचार

मोरङ । मोरङको पथरीमा सुशिला कन्दङ्वा मेमोरियल पथरीशनिश्चरे चेस (बुद्धिचाल) च्याम्पियनसिप २०८२ सुरु भएको छ…

मोरङ । मोरङको पथरीमा जारी अन्तर्राष्ट्रिय आमन्त्रण दोस्रो पथरीशनिश्चरे गोल्डकप—२०८२ को उपाधिको लागि आय…

मोरङ । मोरङको पथरीशनिश्चरे नगरपाकिाल १ स्थित कन्तुर बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडको २४ औं वार्षिक सा…

मोरङ । लेखक, संकलक तथा खोजकर्ता दीपेन्द्रराज तिम्सिनाको १४ ओै पुस्तक ‘नेपालको बैङ्किङ इतिहास’…