• मोरङ/ एमाले मोरङ ३ नं. क्षेत्रीय सदस्य जीवन कटुवाल नेपाली कांग्रेसमा प्रबेस गरेको छ ।

    निर्वाचनको नजिकिदै जाँदा मोरङ क्षेत्र नं ३ माको विभिन्न स्थानबाट एमाले छाड्ने क्रम बढेको छ ।  

    यसैक्रममा नेकपा एमालेका क्षेत्रीय सदस्य जीवन कटुवाल नेपाली काङग्रेस प्रवेश गरेका छन् । कटुवाललाई नेपाली संयुक्त लोकतान्त्रीक बाम गठबन्धनका उम्मेद्धार डाक्टर सुनिल शर्माले कांग्रेस प्रबेस  गराएका हुन । कटुवाल पथरीशनिश्चरे वडा नं १० निवासी हुन ।

    कटुवाल पथरी जेसिजमा अध्यक्ष, जालपा आधारभुत विद्यालय पथरीशनिश्चरे १० को विद्यालय व्यवस्थापन समितिको पूर्ब अध्यक्ष, डाँस मोरङगी सामुदायीक बनको अध्यक्ष, नवसृजना सहकारीको उपाध्यक्ष लगायत विभिन्न संघसंस्थाको नेतृत्व गरिसकेका छन् । 

    केही दिन अघि देबि प्रसाईंले एमाले छाडेको घोषणा गरेका छन । पार्टीको प्रदेश समितिको संगठन बिभाग प्रमुख लगायतले पार्टी छाडेका छन । पथरीशनिश्चरे नगर उपप्रमुख यमुना बिष्टले पनि सामाजिक संजालमार्फत पार्टी छाडेको घोषणा गरेपनी केहिदिन अघि काममा फर्किएका छन ।

सम्वन्धित समाचार

सुनसरी । सुनसरीको इटहरीमा विश्वमा बढ्दो तापक्रम र आदिवासी जनजातिको तर्फबाट समाधानको उपायहरु बारे दुई दि…

मोरङ । मोरङको कानेपोखरी गाउँपालिका आर्थिक वर्ष २०८२÷०८३ को बजेट आइतबार पत्रकार सम्मेलनको आयोजना …

मोरङ । डिभिजन वन कार्यालय मोरङले ल्याएको ‘कानेपोखरी—लेटाङ सरकारद्वारा व्यवस्थित (चक्ला) वन व्य…

मोरङ । गण्डकी प्रदेश सभाले गुरुङ र मगर भाषालाई सरकारी कामकाजको भाषा बनाउने निर्णय गरेकोमा मोरङको पथरीश…