• भोजपुर । जनता समाजवादी पार्टीको भोजपुर जिल्ला समिती सदस्य खगेन्द्र कुलुङ राईसहित तीन जना कार्यकर्ता माओवादी केन्द्रमा प्रबेश गरेको छ ।

    कुलुङ राईसँगै जसपाकै साल्पादिलिछो गाउँ समिती उपाध्यक्ष सुरेन्द्र राई, वडा नं.
    -४ समितीका रामकुमार राईलाई प्रतिनिधि सभा सदस्यको उमेदवारसमेत रहेका पार्टी केन्द्रीय सदस्य दुर्गा राईले स्वागत गरेका हुन ।

    जसपा पार्टीले जनभावना अनुसर काम गर्न नसकेकोले क्रान्तिकारी पार्टी माओवादी केन्द्रमा प्रबेश गरेको खगेन्द्र राईले बताए ।

    नव प्रबेशी युवाहरुलाई स्वागत गर्दै केन्द्रीय सदस्य दुर्गा राईले उचित ब्यबस्थापन गरिने बताए । साल्पासिलिछो-४ दुङ्मा साखेढुङ्गामा आज (सोमबार) आयोजित कार्यक्रममा माओवादी केन्द्रको प्रदेश समिती सचिवालय सदस्य तथा संगठन बिभाग प्रमुख दिलकुमार राई, जिल्ला सह ईन्चार्ज बिमल खड्का, संयोजक नगेन्द्र भुजेल, प्रदेश समिती सदस्य रबिन तामाङ, किराँती राष्ट्रिय मुक्ति मोर्चाको महासचिव अर्जुन किराँती लगायतको उपस्थिती रहेको थियो ।

    गाउपालिका इन्चार्ज दलबहादुर गिरीले सन्चालन गरेको कार्यक्रम पार्टी वडा अध्यक्ष आङकिमा शेर्पाको सभापतित्वमा भएको थियो । कार्यक्रममा उपस्थित जसपा जापनमा कार्यरत भबिन्द्र राई पनि माओवादी केन्द्रको अन्तर्राष्ट्रिय बिभागसँग सम्पर्कमा गरेर पार्टी प्रबेस गर्ने बताएका छन । खगेन्द्र राईको पार्टी प्रबेसले माओवादी केन्द्रमा निर्माणमा थप बल पुग्ने पार्टी इन्चार्ज दलबहादुर गिरीले बताए ।

    प्रतिनिधि सभा सदस्यको समानुपातिक तर्फ माओवादी केन्द्रको १ नम्बर क्रममा रहेको दुर्गा राई चुनावी अभियानको क्रममा अरुण, साल्पासिलिछो लगायत गाउँ टोलमा भोट माग्दै त्यहाँ पुगेका हुन ।

सम्वन्धित समाचार

मोरङ । पुरस्कार वितरण तथा सांस्कृतिक मनोरञ्जनात्मक कार्यक्रमको आयोजना गरि मोरङ पथरीशनिश्चरे—९ स्थित प्…

मोरङ । नेपाल बुद्धिचाल संघ पथरीशनिश्चरे नगर समितिद्वारा आयोजित दोस्रो पथरीशनिश्चरे बुद्धिचाल समूह प्रतियोग…

मोरङ । मोरङको पथरीशनिश्चरे नगरमा ‘सातौँ राष्ट्रपति रनिङ शिल्ड खेलकुद प्रतियोगिता—२०८२’…

मोरङ । मोरङको पथरीशनिश्चरे नगरमा जारी ‘सातौँ राष्ट्रपति रनिङ शिल्ड खेलकुद प्रतियोगिता—२०८२&r…