• लोकबहादुर चौहान                                    पेन्सिलभेनिया अमेरिका /किराँत धर्म दर्शनका गुरु, महान् समाज सुधारक तथा राष्ट्रिय विभूति महागुरु फाल्गुनन्द लिङ्देनको १ सय ३८ औं जन्मजयन्ती अमेरिकामा पनि शुक्रबार विभिन्न कार्यक्रमको आयोजना गरि मनाइएको छ । 

    अमेरिकाको पेन्सिलभेनियामा रहेका किरात धर्मलम्बीहरुले आज शुक्रबार पुजासहित विभिन्न कार्यक्रमको आयोजना गरि मनाएका हुन् । 

    यहाँ रहेको किरात कल्चर शोसाइटी अफ पिट्सवर्क अमेरिका को आयोजनामा किरात धर्मालम्बीहरुले महागुरु फाल्गुनन्द लिङ्देनको जन्मजयन्ती मनाएका हुन् । 

    सो अवसरमा महागुरुको तस्वीरमा फुल माला अर्पण गरि पुजाको साथ सिवाखाउन् (एकतारे) बाजाको धुन समेत कार्यक्रममा प्रस्तुत गरिएको थियो, भने कार्यक्रममा साना–साना नानी देखि बृद्ध बृद्धाहरुको समेत उल्लेख्य सहभागिता रहेको थियो । 

    सो अवसरमा १६ औ राष्ट्रिय विभूती महागुरु लिङ्देनले किरात दर्शन, भाषा, लिपी र साहित्यको बारेमा पु¥याउनु भएको योगदानको बारेमा शोसाइटीका क्षेत्रीय अध्यक्ष केशर मुकारुङले चर्चा गर्नु भएको थियो । भने कार्यक्रममा नेपाली विद्यार्थीहरु बीचमा महागुरुको चित्रकला प्रतियोगिता समेत गराइएको थियो । राष्ट्रिय बिभूती लिङ्देन फाल्गुनन्दको जन्म जयन्तिको अवसरना नेपालमा राष्ट्रिय बिदा दिदै आएको छ ।

सम्वन्धित समाचार

मोरङ । परिआएको खण्डमा नेपालमा फेरि हतियार उठ्न सक्ने प्रदेश नं. १ का पूर्व मुख्यमन्त्री राजेन्द्र राईले चेताव…

मोरङ । मोरङको पथरीशनिश्चरे—२ लिचिडाँडामा नाट्याशाला निर्माणहुने भएको छ ।  शब्द थिएटरको लगाय…

मोरङ । नेकपा (एमाले) पूर्व प्रदेश समिति दसस्य तथा वर्तमान सल्लाहकार समिति सदस्य पर्शु मिश्रले पार्टी परित्याग…

मोरङ । निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन नेपाल (प्याब्सन) पथरीशनिश्चरे नगर समितिको दोस्रो परिषद भेला स…