• मोरङ । मंसिर ४ गते हुने निर्वाचनको उमेद्वार समेत रहेका प्रदेश नं. १ सरकारको वन तथा वातावरण मन्त्री शेखरचन्द्र थापाको निधन पछि नेपाली कांग्रेसमा नयाँ उमेद्वारको खोजी सुरु भएको छ ।
    थापा मोरङ ३ नं. क्षेत्र (क) प्रदेश सभा सदस्यको गठबन्धनको साझा उमेद्वार थिए । निमोनिया लगायतको स्वास्थ्य समस्याबाट थापाको आज बिहान साढे १० बजे नोवेल अस्पताल विराटनगरमा मृत्यु भएपछि नयाँ उमेद्वारका खोजी सुरु भएको हो ।
    उमेद्वारको निधन भएमा सो दलले अर्को उमेद्वार मनोनयन गर्न पाउने व्यबस्था रहेको छ । पुन मनोनयन लगातयको समय तालिका हेरफेर भएपनि समय रहेकाले मंसिर ४ मै मतदान हुने निर्वाचन आयोगको प्रवक्ता शालिग्राम शर्माले जानकारी दिए । निर्वाचन तालिका हेरफेर गर्ने अधिकार सम्बन्धित निर्वाचन क्षेत्रको अधिकृतलाई दिइएको हुन्छ । 
    तोकिएकै मितिमा मतदान हुने भएपछि नेपाली कांग्रेसमा नयाँ उमेद्वारको को हुने भन्ने छलफल सुरु भएको छ । 
    अघिल्लो प्रकृयामा प्रदेश सभा सदस्यको लागि नेपाली कांग्रेसले शेखरचन्द्र थापासँगै सुयर्माराज राई (निवर्तमान प्रमुख सचेतक) र पुर्श कार्की गरी ३ जनाको नाम पठाएको थियो । राई गत निर्वाचनमा पनि यही क्षेत्रबाट प्रत्यक्ष निर्वाचित सभा सदस्थ थिए । पर्शु कार्की यस क्षेत्रको इमान्दार नेता हुन् ।
    यी दुई जनासँगै ३ नं. क्षेत्रीय सभापति गणेश खड्का र बिना राई पनि हुन सक्ने कांग्रेस श्रोतले बतायो । गणेश खड्का दुई कार्यकाल चिर्वाचन जितेर पार्टीको क्षेत्रीय सभापति हुन भने अघिल्लो स्थानीय तहको निर्वाचनमा पथरीशनिश्चरे नगर प्रमुखको निकटतम प्रतिद्वन्द्वी हुन् । बिना राई यस अघिको प्रकृयामा पनि प्रदेश सभा सदस्य दौडमा रहेको बुझिएको छ । उनी नमुना घोषित पञ्चायत माविको सहायक प्रधानाध्यापक हुन् । यिनै नामहरु मध्येबाट निर्णय हुने एक नेताले बताए ।

सम्वन्धित समाचार

मोरङ । मोरङको पथरीशनिश्चरेमा अन्तर्राष्ट्रिय आमन्त्रण दोस्रो पथरीशनिश्चरे फुटबल गोल्डकप प्रतियोगिता कार्तिक १५ …

मोरङ । मोरङको पथरी शनिश्चरे नगरपालिका–१ स्थित न्यू प्यागोडा इङ्लिस बोर्डिङ स्कुलले मिस नेपाल ग्लोब&md…

सुनसरी । सुनसरीको इटहरीमा विश्वमा बढ्दो तापक्रम र आदिवासी जनजातिको तर्फबाट समाधानको उपायहरु बारे दुई दि…

मोरङ । मोरङको कानेपोखरी गाउँपालिका आर्थिक वर्ष २०८२÷०८३ को बजेट आइतबार पत्रकार सम्मेलनको आयोजना …