• मोरङ । माछा चुनाव चिन्ह लिएर प्रतिनिधि सभा सदस्य उठेका स्वतन्त्र उमेद्वार जयराज संयोग लिम्बूको आज मोरङको पथरीशनिश्चरे नगरमा भएको भेलाले निर्वाचन परिचालन समिति गठन गरेको छ ।
    भेला २ नं. वडा स्थित हरियाली सामुदायिक वन उपभोक्ता समितिको सभा हलमा भएको थियो ।
    भेलाले राजकुमार लिम्बूको संयोजकत्वमा ३ नं. क्षेत्र निर्वाचान परिचालन समिति गठन गरेको छ । प्रदेश (क)मा शेरबहादुर लिम्बूको संयोजकत्व र (ख)मा रुकमिनि धिमालको संयोजकत्वमा समिति गठन गरेको हो । त्यसैगरी सागर राईको संयोजकत्वमा प्रदेश क को युवा परिचालन समिति गठन भएको छ । राई पथरीशनिश्चरे १० नं. वडाको निवर्तमान अध्यक्ष (जनप्रतिनिधि) हुन् । क्षेत्रको संयोजक राजकुमार लिम्बू नेपाली कांग्रेसको अघिल्लो निर्वाचनमा बेलबारी नगरपालिकामा मेयरको उमेद्वार हुन् ।
    भेलाले काबुलबहादुर मगर (बिकास)को संयोजकत्वमा पथरीशनिश्चरे नगर परिचालन समिति गठन गरेको छ । भेलाले क्रमस वडा नं. १ देखि ४ सम्म सञ्जय थलङ, बिक्रम राई, मौसम लिम्बू, बिशाल लिम्बू संयोजक रहेका छन् । त्यसैगरी ७ को सञ्जय राई र ८ मा भीम भुजेल निर्वाचन परिचालन समितिको संयोजक तेकेका छन् ।
    भेलामा प्रतिनिधि सभा सदस्यको ५ जना स्वतन्त्र उमेद्वार सहभागी रहेका थिए । जयराज संयोग (माछा), इन्द्र सुवेदी (कल), दिनेश चापागाई (धारा), रामकाजी वान्तावा (टोपी), शिव पौडेल (टेलिभिजन)ले आ–आफ्नो बिषय राखेका थिए । 
    उमेद्वार जयराज लिम्बूले सबै उमेद्वारले छाडेर आफूलाई सहयोग गरे जित्ने दाबी गर्दै अनुरोध गरेका थिए । उमेद्वारहरुको आज कुरा नमिलेपनि अन्तिमसम्ममा एक जना बनाउने प्रयास जारी राख्ने निर्वाचन परिचालन समितिको संयोजक राजकुमार लिम्बूले बताए । भेलामा नेपाली कांग्रेसका असन्तुष्ट कार्यकर्ताहरु सहभागी थिए ।

     

सम्वन्धित समाचार

मोरङ । मोरङको पथरीशनिश्चरे—१ मा स्थापित आरती बहुउद्देश्यीय सहकारी संस्थाले नियम संगत तरिकाले &lsqu…

मोरङ । मोरङको पथरीशनिश्चरे—२ मा स्थापित वाल्मीकि मेमोरियल बोडिङ स्कुलले शनिबार नगरमा नयाँ कामको स…

मोरङ । मोरङको पथरीशनिश्चरे नगरमा भएको प्रतियोगितामा गायनमा राज लोहार र नृत्यतर्फ गरिमा मगरले प्रथम पथरीश…

मोरङ । मोरङको कानेपोखरी गाउँपालिकामा सम्पन्न १० औं राष्ट्रिय सिएच आईटिएफ तेक्वान्दो च्यामपियनसिको उपाधी बा…