• मोरङ । मोरङ ३ नं. क्षेत्रबाट उमेद्वार बनेका भानुभक्त ढकालले स्वास्थ्य मन्त्री हुँदा गरेको भ्रष्ट्राचारको कारण इमान्दार एमाले कार्यकर्ताले नै बहिस्कार गर्ने बताएका छन् ।
    संयुक्त लोकतान्त्रिक वाम गठबन्धनको पथरी शनिश्चरे ४ को आज (सुक्रबार) भएको भेलामा बक्ताहरुले सो कुरा बताएका हुन् ।
    कार्यक्रममा नेपाली कांग्रेस ३ नं. क्षेत्रीय सभापति गणेश खड्का, माओवादी केन्द्रको केन्द्रीय लेखा आयोगको सदस्य लालबहादुर मगर, नेकपा (एस)को प्रदेश समिति सदस्य चण्डीप्रसाद राई, सोही संगठनको प्रदेशको समानुपातिक उमेद्वार मानप्रसाद लिम्बू लगायतले बोलेका थिए ।
    भानुभक्त ढकाल स्वास्थ्यमन्त्री हुँदा कोरोनाको सामान खरिदमा भ्रष्ट्राचार गरेको अख्तियारमा उजुरी रहेको उल्लेख गर्दै, अघिल्लो निर्वाचनमा दिएको आस्वासन पुरा नगरेको र बन्दाम भएर पुन यही निर्वाचन क्षेत्रमा आएकाले इमान्दार एमाले कार्यकर्ताहरुले स्वतह बहिस्कार गर्ने बक्ताहरुको भनाइ थियो ।
    भेलाले माओवादी केन्द्रको अमर बराइलीको संयोजकत्वमा समिति गठन भएको छ । समितिको सह संयोजकमा कांग्रेसको राम निरौला, नेकपा (एस)को फुलमाया तामाङ रहेका छन् ।
    सदस्यहरुमा माओवादीका रबिन मागर, बिक्रम कार्की, सुजन चपागाई, दिलु मगर, कांग्रेसका जयराम तामाङ, राम संग्रौला, राजकुमार मगर, छत्र गुरुङ, सागर भट्टराई, नेकपा (एस)का वीरबहादुर खड्का, नवराज कार्की, दीपक श्रेष्ठ, हरी श्रेष्ठ रहेका छन् ।
     

सम्वन्धित समाचार

मोरङ । पुरस्कार वितरण तथा सांस्कृतिक मनोरञ्जनात्मक कार्यक्रमको आयोजना गरि मोरङ पथरीशनिश्चरे—९ स्थित प्…

मोरङ । नेपाल बुद्धिचाल संघ पथरीशनिश्चरे नगर समितिद्वारा आयोजित दोस्रो पथरीशनिश्चरे बुद्धिचाल समूह प्रतियोग…

मोरङ । मोरङको पथरीशनिश्चरे नगरमा ‘सातौँ राष्ट्रपति रनिङ शिल्ड खेलकुद प्रतियोगिता—२०८२’…

मोरङ । मोरङको पथरीशनिश्चरे नगरमा जारी ‘सातौँ राष्ट्रपति रनिङ शिल्ड खेलकुद प्रतियोगिता—२०८२&r…